IME Life New

अघिल्लो वर्ष नोक्सानीमा रहेको स्पर्सको अधिकांस सूचक सकारात्मक, हेरौ प्रथम त्रैमास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

स्पर्श लघुवित्तले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। गत वर्ष नोक्सानीमा भएको कम्पनी अहिले भने  नाफामा आउँन  सफल भएको छ।
चालु आर्थिक वर्षको प्रथम त्रैमास सम्म कम्पनीले ५५ लाख ०७ हजार रुपैया खुद नाफा कमाउन सफल भएको छ। गत आर्थिक वर्षको प्रथम त्रैमास सम्म कम्पनी ३१  लाख ४ हजार नोक्सानीमा थियो। कम्पनीको वार्षिक प्रति शेयर आम्दानी २६  रुपैया ५५  पैसा रहेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको प्रति शेयर आम्दानी २२  रुपैया १७ पैसा ऋणात्मक रहेको थियो। कम्पनीले खुद नाफामा २७७  प्रतिशतले वृद्धि गर्न सफल भएको छ भने प्रति शेयर आम्दानी २२० प्रतिशतको वृद्धि गर्न सफल भएको छ।
प्रमुख आम्दानीको श्रोत खुद व्याज आम्दानी २५७  प्रतिशतले वृद्धि भएको छ। कम्पनीको चुक्ता पुँजी ८  करोड २९ लाख रहेको छ। मूल्य र आम्दानी अनुपात चाही करिव २० गुणा रहेको छ भने निस्क्रिय कर्जा ०  दशमलव ६२  प्रतिशत रहेको छ। कम्पनीको किताबी मूल्य १२५ रुपैयाँ  ७२ पैसा रहेको छ।

निक्षेप संकलन १४४ प्रतिशतले वृद्धि भएर १९ करोड २६ लाख पुगेको छ भने सापटी रकम ४४ प्रतिशतले वृद्धि भएर ७० करोड ६७ लाख पुगेको छ।  कर्जा प्रवाह ११० प्रतिशतले वृद्धि भएर ९५ करोड ५६ लाख पुगेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS