IME Life New

अक्टोबरमा तोडिनेछ एलआईसीको रेकर्ड, भारतीय शेयर बजारको इतिहासमै आउनेछ हालसम्मकै ठूलो आइपीओ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वर्ष २०२४ भारतीय शेयर बजारका लागि मात्र नभई आइपीओ बजारका लागि पनि उत्कृष्ट सावित भएको छ। ठूला कम्पनीका आइपीओहरुले लगानीकर्तालाई लगातार कमाउन थालेका छन्। अब भारतको इतिहासको सबैभन्दा ठूलो आइपीओ पनि लन्च गर्ने तयारीमा छ। यो वर्ष दीपावलीअघि नै हुन्डाई मोटर्स इन्डियाको आइपीओ ल्याइने अपेक्षा गरिएको छ। यसको आकार भारु २५ हजार करोड रुपैयाँ हुनेछ।

पीटीआई रिपोर्टका अनुसार हुन्डाई मोटर इन्डियाले अक्टोबर १४ मा दीपावलीअघि आफ्नो आइपीओ लन्च गर्न सक्छ। भारतमा दीपावली पर्व २९ अक्टोबरदेखि ३ नोभेम्बरसम्म चल्नेछ।

Esewa
Crest

दक्षिण कोरियाली अटोमोबाइल कम्पनी हुन्डाईको भारतीय युनिट हुन्डाई मोटर्स इन्डियाको यो आइपीओ सार्वजनिक भएसँगै एलआईसीको कीर्तिमान तोडिनेछ। हालसम्म देशको सबैभन्दा ठूलो आइपीओको रेकर्ड सबैभन्दा ठूलो जीवन बीमा कम्पनी एलआईसीको नाममा छ। एलआईसीको आइपीओको आकार भारु २१ हजार करोडको थियो। यो रेकर्ड अब अक्टोबर महिनामा तोड्दैछ। हुन्डाईको आइपीओको आकार एलआईसीभन्दा भारु ४ हजार करोड बढी हुनेछ।

गत जुनमा कम्पनीले ड्राफ्ट रेड हेरिङ प्रोस्पेक्टस (डीआरएचपी) दायर गरेको थियो र त्यसमा हुन्डाई मोटर इन्डियाले आइपीओअन्तर्गत १४ करोड २१ लाख ९४ हजार ७०० शेयर बिक्रीका लागि प्रस्ताव गरिएको जनाएको छ।

सेबीमा पेस गरिएको डीआरएचपीअनुसार हुन्डाई मोटरले नयाँ शेयर जारी गर्दैन। दक्षिण कोरियाको स्वामित्वमा रहेको कम्पनीले आफ्नो पूर्ण स्वामित्वमा रहेको युनिटकोशसेयरको केही अंश खुद्रा र अन्य लगानीकर्तालाई ‘अफर फर सेल’मार्फत बेच्नेछ। अर्थात् हुन्डाई मोटर्सको आइपीओ पूर्ण रुपमा ओएफएस जारी हुनेछ। यसअन्तर्गत संस्थापकले १० रुपैयाँ अंकित मूल्यमा शेयर बिक्री गर्नेछन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS