IME Life New
GBIME

चलचित्र क्षेत्रमा जोखिम कम गर्न बीमा लागु, कुल लगानीको एक प्रतिशतमा बीमा हुने

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्


नेपालको चलचित्र क्षेत्रको विकास  भएको लामो समय भईसकेको छ । चलचित्रको विकास सँगै यसको स्तरमा पनि वृद्धि हुदै गएको छ ।

तर चलचित्र निमार्णको क्रममा हुने जोखिम गर्न भने त्यक्ति ध्यान दिएको पाईदैन । त्यहि स्थितिलाई मध्यनजर गर्दै चलचित्र निमार्णको लागि पनि बीमा हुने भएको छ । तर यसलाई अनिवार्य रुपमा भने राखिएको छैन ।

Crest

चलचित्र निमार्ण अवधिमा आउने जोखिम कम गर्न बीमा निकै जरुरी रहेको नेपाल चलचित्र निमार्ता संघका अध्यक्ष आकाश अधिकारीले बताएका छन् ।

सोमबार देखि नै चलचित्रमा बीमा हुने नियम लागु भएको छ । जसमा निर्माण गर्न लागिएको चलचित्रको कुल लगानीको एक प्रतिशत शुल्क बुझाएर निर्माताले चलचित्रको बीमा गर्न सक्ने व्यवस्था गरिएको छ ।

यस बीमा चलचित्र निर्माता संघले गर्ने भएको छ । चलचित्र निर्माता संघले मुलुकमै पहिलो पटक निजी क्षेत्रबाट फिल्म बीमा हुने व्यवस्थाको गरेको जनाएको छ ।

नेपालमा निर्माण हुने कुनै पनि चलचित्रले आफूले जोखिम कम गर्न चाहने निर्माताले बीमा गर्न सकिने भएको छ । नेपाल चलचित्र निर्माता संघले सोमबार देखि ‘फिल्म बीमा’ लागु गरेको छ ।

यसलाई अनिवार्य भने गरिएको छैन । चलचित्र निमार्ताले निमार्ण अवधिमा हुने जेखिमलाई कसरी कम गर्नको लागि यस बीमा योजनाले निकै सहयोग गर्न  बताएका छन् ।

नेपाली चलचित्र क्षेत्रमा निमार्ण अवधिमा आउने थुपै बाधाहरु रहेका छन् । चलचित्र छायाङ्कनमा हुने विविध समस्यालाई पनि बीमाले कभर गर्ने  भएकाले पक्कै पनि यसले चलचित्र क्षेत्रमा राम्रो नै गर्छ भन्ने अपेक्षा रहेको छ । उनले भने हामीले चलचित्र बीमा लुम्बिनी जनरल इन्स्योरेन्स मार्फत गराएका छौ । नेपालको वातावरण अनुसार पनि मौसमले कतीपय बेलामा समस्या गराईरहेको हुन्छ ।

मानौ १० दिनको सुटिङ रहेको छ भने मौसमको प्रभावले विभिन्न समस्याहरु निम्त्याएर १५ दिन लागेको खण्डमा पनि बीमाले कभर गर्न भएकाले पक्कै पनि यसले राम्रो नै गर्न बताए ।

यसले चलचित्र क्षेत्रको निमार्ण अवधिसम्म भएका जोखिमलाई कम गर्न गर्दछ । चलचित्र निमार्णको काम सम्पन्न भईसकेपछि हुने कारोबारमा भने बीमा योजनाले काम नर्गने अधिकारी जानकारी दिएका छन् ।

यस अघि चलचित्र क्षेत्रमा जोखिम कम गर्न चलचित्र विकास बोर्डले दूर्घटना बीमा अनिवार्य रुपमा गराएको थियो ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS