IME Life New

विविध कार्यक्रमसहित विराटनगरमा विश्व इन्भेष्टर सप्ताह–२०२६ शुभारम्भ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रत्येक वर्ष अक्टोबर ५ देखि ११ गतेसम्म विश्वभर मनाइने ‘World Investor Week 2026 विराटनगरमा पनि विविध कार्यक्रमसहित भव्य रूपमा सुरुवात भएको छ।

नेपाल धितोपत्र बोर्डको आयोजना तथा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेशको संयोजनमा सोमबार बिहान ७ बजे विराटनगरस्थित शहीद रंगशालाबाट प्रभातफेरी आयोजना गरिएको थियो। प्रभातफेरी शहीद रंगशालाबाट सुरु भई विराटनगर बजारका विभिन्न क्षेत्रको परिक्रमा गर्दै सम्पन्न भएको हो।

Esewa
Crest

कार्यक्रमका क्रममा सहभागीहरूले सचेत तथा सुरक्षित लगानी, दीर्घकालीन लगानीको महत्व, जोखिम मूल्याङ्कन र उचित प्रतिफलका विषयमा जनचेतनामूलक सन्देश प्रवाह गरेका थिए। लगानी गर्दा छोटो अवधिको लाभभन्दा पनि दीर्घकालीन उद्देश्य, जोखिमको अवस्था र सम्भावित प्रतिफललाई ध्यान दिनुपर्नेमा आयोजकहरूले जोड दिएका छन्।

कार्यक्रममा बोल्दै नेपाल बीमा प्राधिकरण, कोशी प्रदेशका प्रमुख राजेन्द्र महर्जनले बजारमा लगानीका विभिन्न विकल्पहरू उपलब्ध भए पनि वर्तमान परिवर्तित आर्थिक परिवेशमा बीमा अनुशासित लगानीसँगै वित्तीय जोखिम हस्तान्तरण गर्ने प्रभावकारी माध्यम भएको बताए।

उनले बीमाले भविष्यका सम्भावित आर्थिक जोखिमबाट सुरक्षा प्रदान गर्नुका साथै नियमित तथा अनुशासित रूपमा बचत र लगानी गर्ने संस्कार विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।

प्रमुख महर्जनले World Investor Week को अवसरमा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेशले सप्ताहभरि कलेज, स्थानीय तह तथा अन्य सरोकारवालासँग विभिन्न अन्तरक्रिया, छलफल तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जानकारीसमेत दिए।

प्रभातफेरी कार्यक्रममा नेपाल धितोपत्र बोर्डका केन्द्रीय प्रतिनिधि, नेपाल बीमा प्राधिकरणका अधिकारी तथा कर्मचारी, बीमा कम्पनीका प्रतिनिधि तथा कर्मचारी, वित्तीय संस्थाका कर्मचारीलगायत विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

‘सचेत लगानी, सुरक्षित भविष्य’ भन्ने मूल भावनासहित आयोजना गरिएको World Investor Week ले आम नागरिकमा वित्तीय तथा लगानीसम्बन्धी सचेतना अभिवृद्धि गर्दै सुरक्षित, जिम्मेवार र दीर्घकालीन लगानी संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS