IME Life New

आतंकवादी हमलाका पीडितले पाउँछन् बीमाको रकम ? यस्तो छ भारतमा नियम

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आतंकवाद विश्वकै लागि अभिशाप हो। छिमेकी मुलुक भारत दशकौँदेखि आतंकवादविरुद्ध लडिरहेको छ। फेरि एकपटक आतंककारीहरुले कश्मीरको पहलगाममा निहत्था पर्यटकमाथि गोली चलाएर विश्वलाई स्तब्ध बनाएका छन्।

आक्रमणमा एक नेपालीसहित करिब २८ जनाको मृत्यु भएको छ। यसअघि २६÷११ को मुम्बई आतंकवादी आक्रमणमा करिब १६६ निर्दोष मानिस मारिएका थिए। त्यसपछि पनि भारतका विभिन्न ठाउँमा आतंकवादी हमला भए र निर्दोष मानिसहरु मारिए।

Crest

हालैका आक्रमणहरुमा आफ्ना प्रियजन गुमाएका परिवारका लागि यो जीवनभरको झट्का हो। यस आक्रमणप्रति मानिसमा रहेको क्रोध विस्तारै कम हुनेछ। तर, परिवारका सदस्य आफ्ना प्रियजनको सम्झनामा रोइरहेका छन्।

पहलगाममा धेरै परिवारका एकमात्र कमाउने सदस्य गुमाएका छन्। केही लाखको सरकारी क्षतिपूर्ति उनीहरुका लागि धेरै कामको हुने छैन। यस्तो अवस्थामा देशमा आतंकवादी हमलाका पीडितहरुका लागि जीवन बीमाका नियम र कानुनहरु के छन् भनेर जान्न महत्वपूर्ण छ।

पछिल्ला केही वर्षमा भारतको बीमा नियमहरुमा ठूला परिवर्तन भएका छन्। त्यसपछि अहिले आतंकवादबाट हुने क्षतिलाई धेरैजसो जीवन बीमा पोलिसीमा समावेश गरिन्छ। अर्थात् बीमा दाबी उपलब्ध हुन्छ। तर, यसका लागि केही सर्तहरु छन्।

बीमा नियामक निकाय बीमा नियामक तथा विकास प्राधिकरण (आईआरडीए)का अनुसार अहिले कम्पनीहरुले जीवन बीमा पोलिसीमा आतंकवादका कारण मृत्युलाई पनि कभर गर्छन्। अर्थात्, यदि कुनै व्यक्ति आतंककारीको गोली लागेर मृत्यु हुन्छ भने यो सामान्यतया बीमाको दायराभित्र आउँछ।

यद्यपि यदि कुनै व्यक्तिको आतंकवादका कारण मृत्यु भयो भने उसले दुर्घटनाका कारण मृत्युका लागि तोकिएको अतिरिक्त रकम पाउने छैन। उदाहरणका लागि यदि कुनै व्यक्तिले ५० लाख रुपैयाँको बीमा लिएको छ र दुर्घटना भएको अवस्थामा १० लाख रुपैयाँको थप बीमा छ भने त्यस्तो अवस्थामा यदि त्यो व्यक्तिको आतंकवादी हमलामा मृत्यु भयो भने परिवारलाई ५० लाख रुपैयाँको बीमाअन्तर्गत मात्र भुक्तानी गरिनेछ। दुर्घटनाका लागि १० लाख रुपैयाँको छुट्टै व्यवस्था उपलब्ध हुने छैन।

यतिमात्र होइन यदि कोही आतंकवादबाट हुने क्षतिका लागि छुट्टै बीमा लिन चाहन्छ भने ‘न्यू इन्डिया एस्योरेन्स’ले धेरै कम्पनीसँगको सहकार्यमा आतंकवाद बीमा पोलिसी ल्याएको छ।

धेरै बीमा कम्पनीहरुले साधारण जीवन बीमा पोलिसीमा पनि आतंकवादलाई कभर गर्छन् र यो अतिरिक्त कभरका रुपमा हो। आजको समयमा जीवन बीमाबाहेक मानिसहरुले स्वास्थ्य बीमा, घर र सम्पत्तिका लागि बीमा योजनाहरुमा पनि ध्यान केन्द्रित गर्नुपर्छ। धेरैपटक आतंकवादी आक्रमणमा सम्पूर्ण घरहरु ध्वस्त हुन्छन् र सवारीसाधनहरु टुक्रा–टुक्रा हुन्छन्। यस्तो अवस्थामा घर र कारको बीमा दाबी गर्नेबित्तिकै रकम पाइन्छ।

भारतमा आतंकवादी हमलामा दाबी गर्ने प्रक्रिया एकदमै सरल छ। दाबी गर्नेबित्तिकै कम्पनीले सकेसम्म चाँडो भुक्तानी दिने व्यवस्था गरिएको छ। किनभने आतंकवादी हमलामा मारिएकाहरुको सूची सरकारसँग उपलब्ध हुन्छ। यदि कुनै सरकारी वा नगरपालिकाको रेकर्डमा आतंकवादी हमलाका कारण मृत्यु भएको उल्लेख छ भने त्यसलाई मृत्यु प्रमाणपत्र मानिन्छ। जब कि अन्य बीमा योजनाहरुमा व्यक्तिको मृत्युपछि अनुसन्धानको लामो प्रक्रिया अपनाउनुपर्छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS