IME Life New

वित्तीय सेवा प्रभावित हुने कार्यमा संलग्न नहुन राष्ट्र बैंकको अपिल, नत्र कानुनबमोजिम कारबाही

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय सेवा प्रभावित हुने कार्यमा संलग्न नहुन अपिल गरेको छ।

केन्द्रीय बैंकले आज एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो। ‘बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारीविरुद्ध भएका गैरव्यावसायिक तथा उच्छृंखल गतिविधि नियन्त्रण नभएमा वित्तीय साधन परिचालनमा कठिनाइ हुने भएकोले वित्तीय सेवा प्रभावित हुने क्रियाकलापमा संलग्न नहुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ।

Esewa
Crest

बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारीसंग गैरजिम्मेवार व्यवहार गर्ने तथा उच्छृंखल गतिविधिमा संलग्न व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही हुने भएकाले वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीलाई मनोबल उच्च राखी कार्य गर्न राष्ट्र बैंकले आग्रह गरेको छ। ‘हालैका दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित घटनाहरुका सम्वन्धमा राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार, राष्ट्र बैंक र बैंक तथा वित्तीय सस्थासमेतको संयुक्त प्रयासअनुरुप सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको उपस्थित पुगेको कारण स्थानीयस्तरमा नै सर्वसाधारणसँग रहेको रकम निक्षेप राख्न, कर्जा लिन, विप्रेषण तथा सामाजिक सुरक्षा रकमलगायतका वित्तीय सेवा प्राप्त गर्न सहज भएको छ।’

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र यस बैंकको निर्देशनको अधिनमा रही कर्जा प्रवाह गर्नु, प्रवाह गरेको कर्जा सम्बन्धी परियोजनाहरूको अनुगमन गर्नु र कर्जा असुलउपर गर्नु सम्बन्धित बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्य रहेको राष्ट्र बैंकले स्पष्ट पारेको छ। ‘बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणबाट निक्षेप सङ्कलन गरी कर्जा प्रवाह गर्ने भएकोले कर्जा फिर्ता नभएमा निक्षेप फिर्ता गर्न नसक्ने, तरलतामा प्रभाव पर्ने हुँदा ऋणीले लिएको कर्जा भुक्तानी नियमित रुपमा गर्नुपर्ने हुन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘यद्यपि, कुनै प्रतिकूल परिस्थितिका कारण ऋण भुक्तानीमा परेको असहजतालाई सम्बोधन गर्न नेपाल राष्ट्र बैंकले समय–समयमा पुनर्संरचना तथा पुनरतालिकीकरण गर्नसक्ने लगायतका व्यवस्था गरी सहजीकरण गर्दै आएको छ ।’

बैंकिङ कारोवार सम्बन्धमा कुनै गुनासो भएमा सम्बन्धित संस्था र राष्ट्र बैंकमा गुनासो सुनुवाइको व्यवस्था रहेकोले ग्राहकलाई मर्का परेको भन्ने लागेमा सोको गुनासो गर्न र समाधान गर्न सकिने व्यवस्थासमेत राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS