काठमाडौं । शेयर बजार बुधबार झिनो अंकले घटेको छ। नेप्से परिसूचक ०.२६ अंकले घटेर २६२२.२२ को विन्दुमा झरेको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेका ५ वटा समूह बढेका छन् भने ८ वटा घटेका छन्। यो दिन व्यापार समूह सर्वाधिक ०.७४ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूह सर्वाधिक ०.३८ प्रतिशतले घटेको छ।
यो दिन बजारमा ११० कम्पनीको शेयरभाउ बढेको छ भने १५० कम्पनीको शेयरभाउ घटेको छ। आज १८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज माउन्ट एभरेष्ट पावर र सर्वोत्तम पेन्ट्सका शेयरधनीहरुले सर्वाधिक कमाए। यी दुवै कम्पनीको शेयरभाउ करिब १५ प्रतिशतले बढेको छ।

यो दिन मनकामना इन्जिनियरिङका शेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको शेयरभाउ ८.४५ प्रतिशतले घटेको छ।

बजारमा आज ३ अर्ब २९ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार सहास ऊर्जाको भएको छ।













