IME Life New

रोग लुकाएको पुष्टि नहुँदा रु. ५० लाख दाबी तिर्न एशियन लाइफलाई प्राधिकरणको आदेश

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा गर्दा स्वास्थ्य अवस्था लुकाएको भन्दै मृत्यु दाबी भुक्तानी रोक्ने एशियन लाइफ इन्स्योरेन्स कम्पनीको निर्णयलाई नेपाल बीमा प्राधिकरणले बदर गरिदिएको छ।

प्राधिकरणले बीमित शिवप्रसाद तिमिल्सिनाको मृत्युपछि उनकी हकवाला रुविशा तिमिल्सिनालाई बीमांक रकम ५० लाख रुपैयाँ भुक्तानी गर्न आदेश दिएको हो। बीमित शिवले २०७५ पुस ३० गते ५० लाख रुपैयाँको जीवन बीमा गरेका थिए। बीमा गरेको ३ वर्ष ५ महिनापछि २०७९ असार २१ गते उनको मृत्यु भयो। मृतककी छोरी रुविशाले दाबी भुक्तानीका लागि निवेदन दिएपछि कम्पनीले बीमा गर्दा बीमितले रोग लुकाएको दाबीसहित भुक्तानी दिन इन्कार गरेको थियो।

Esewa
Crest

कम्पनीले बीमितले बीमा गर्नुअघि नै १५ वर्षदेखि मादक पदार्थ सेवन गर्ने गरेको, कलेजोको रोग र मधुमेह रहेको तथ्य लुकाएर बीमा गरेको जिकिर गरेको थियो। परम् सद्विश्वासको सिद्धान्तविपरीत विवरण लुकाएको भन्दै कम्पनीले मृत्यु दाबी दिनुको साटो बीमालेखको समर्पण मूल्यबापत २ हजार २०० रुपैयाँमात्र मात्र दिने निर्णय गरेको थियो।

बीमा कम्पनीले दाबी भुक्तानी दिन अस्वीकृत गरेपछि बीमितको छोरी रुविशाले २०७९ फागुन १८ गते प्राधिकरणमा उजुरी गरिन् । उनले दाबी विवाद सम्बन्धमा छानबिन गरेर दाबी भुक्तानीवापतको रकम दिलाई पाउँ भनी प्राधिकरणसमक्ष निवेदन दिइन् ।

प्राधिकरणको ठहर

बीमा प्राधिकरणले नेपालगन्ज मेडिकल कलेज र शिक्षण अस्पताल महाराजगन्जबाट बीमितको उपचारसम्बन्धी सम्पूर्ण कागजात मगाएर अध्ययन गरेको थियो। अध्ययनका क्रममा फेला परेका निम्न तथ्य प्रमाण र आधारमा टेकेर प्राधिकरण सञ्चालक समितिले बीमितको परिवारजनको पक्षमा फैसला गरेको छः

पुष्टि हुने आधारको अभावः कम्पनीले बीमितलाई बीमा गर्नुअघि नै मधुमेह वा रक्तचापको रोग लागेको र औषधी सेवन गरिरहेको दाबी गरे पनि त्यसलाई पुष्टि गर्ने कुनै पनि पुरानो मेडिकल रिपोर्ट वा कागजात पेस गर्न सकेन।

बीमापछिको रोगः बीमितको मृत्युको कारण ‘कार्डियोप्लमोनरी अरेस्ट ड्युट टु यूजीआई’ अर्थात पाचन प्रणालीको माथिल्लो भागमा भएको अधिक रक्तश्रावका कारण भएको हृदय घात देखिएको र सो रोग जीवन बीमा गर्नुअघि नै रहेको भन्ने कुनै प्रमाण नभेटिएको प्राधिकरणको ठहर छ।

बीमितको मृत्यु बीमा गरेको ३ वर्ष ५ महिनापछि भएको र सो मितिमा बीमालेख चालु रहेको देखिएको छ। बीमा अवधिभित्र जोखिमको रक्षावरण गर्नु र बीमितको मृत्यु भएमा सर्तबमोजिम भुक्तानी दिनु बीमकको प्रमुख दायित्व हुने प्राधिकरणले जनाएको छ।

प्राधिकरणको आदेश

बीमा ऐन, २०७९ को दफा १२८ को उपदफा (३) को खण्ड (घ) बमोजिम प्राधिकरणले एशियन लाइफलाई बीमालेखबमोजिमको ५० लाख रुपैयाँ क्षतिपूर्ति रकम भुक्तानी गर्न आदेश दियो। यो फैसला २०८१ असोज ८ गते भएको हो।

यो निर्णयले बीमा कम्पनीहरुलाई पर्याप्त र ठोस प्रमाण बिना बीमितको दाबी इन्कार गर्न नमिल्ने सन्देश दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS