IME Life New

पाँच महिनामा लघु जीवन बीमकले भित्र्याए सवा ४२ करोडको व्यापार, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो ५ महिना मंसिरसम्म लघु जीवन बीमकले सवा ४२ करोड रुपैयाँ बढीको व्यापार भित्र्याएका छन्।

नोपल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिरसम्म ३ वटा लघु जीवन बीमकले ४२ करोड २६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्। यो अवधिसम्म कम्पनीको कुल सक्रिय बीमालेख २२ लाख ८ हजार ३९ वटा रहेका छन्।

Esewa
Crest

समीक्षा अवधिसम्म सबैभन्दा धेरै व्यापार भित्र्याउनेमा क्रेस्ट माइक्रो लाइफ रहेको छ। यो कम्पनीले १५ करोड ४० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। यस अवधिसम्म कम्पनीको कुल सक्रिय बीमालेख ५ लाख २७ हजार १०२ वटा रहेको छ।

यसैगरी मंसिरसम्म गार्डियन माइक्रो लाइफले १४ करोड ७२ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले १२ करोड १३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। यी कम्पनीको सक्रिय बीमालेख संख्या क्रमशः १३ लाख ८१ हजार १९७ वटा र २ लाख ९९ हजार ७४० वटा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS