IME Life New

युरोपको यो सानो देशले गर्यो कमाल, पछि परे अमेरिका र चीन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युरोपको सानो देश इटाली विश्वमा सबैभन्दा ठूलो स्याउ निर्यातक बनेको छ। अमेरिका र चीनलाई पछि पार्दै इटालीले उपलब्धि हासिल गरेको हो।

पूरै विश्वमा स्याउको अन्तर्राष्ट्रिय व्यापार लगभग ७० लाख टन रहेको छ। जसमा कुल मूल्य ७ अर्ब युरोपभन्दा बढी रहेको छ।

Esewa
Crest

स्याउको कुल वैश्विक निर्यातमा इटालीको हिस्सा १६ प्रतिशत पुगेको छ। जब कि अमेरिकाको १४ र चीनको १३ प्रतिशत रहेको छ।

स्याउ निर्यातकको हिसाबले अमेरिका र चीनपछि न्युजिल्यान्ड, चिली, दक्षिण अफ्रिाका, पोल्यान्ड, फ्रान्स, नेदरल्यान्ड र टर्की रहेका छन्।

यो वर्ष इटालीले १० लाख टकभन्दा बढी स्याउ निर्यात गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा २४ प्रतिशतले बढी हो। इटालीको स्याउ धेरैजसो जर्मनीमा निर्यात हुन्छ। लगभग कुल उत्पादनको ३० प्रतिशत स्याउ इटालीले जर्मनीमा निर्यात गर्छ।

स्वेज नहर फेरि खुल्नाले इटालीको स्याउ व्यापारमा उछाल आएको एग्रिकल्चरल रिसर्च इन्स्टिच्युटले जनाएको छ। इटालीको करिब ५४ हजार हेक्टर जमिनमा स्याउ खेती गरिन्छ। – एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS