IME Life New

नक्कली परीक्षार्थी सहभागी गराउने बीमकका कर्मचारीविरुद्ध कारबाहीको तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अभिकर्ता इजाजत पत्रको परिक्षामा नक्कली परिक्षार्थी सहभागि गराउने बीमकको कर्मचारीविरूद्ध कारवाही प्रकृया अघि बढाएको छ।

प्राधिकरणले आइतबार ११ जना परिक्षार्थीको परिक्षा रद्द गरेसँगै नक्कली परिक्षार्थी सहभागि गराउने जीवन बीमा कम्पनीका कर्मचारीविरूद्ध कारवाहीको तयारी गरेको हो।

Esewa
Crest

प्राधिकरण सम्बद्ध श्रोतका अनुसार, नक्कली परिक्षार्थी सहभागि गराउने दोषी कर्मचारीविरूद्ध छानबिन र कारवाही गरी सात दिनभित्र जानकारी गराउन जीवन बीमकलाई निर्देशन दिइनेछ। जीवन बीमकले कर्मचारी विनियमावलीको प्रावधान बमोजिम सम्बन्धित कर्मचारीलाई कारवाही गरेर प्राधिकरणलाई लिखित जानकारी गराउनुपर्नेछ।

परिक्षा सञ्चालन भएका शाखाको प्रमुखको हैसियतले शाखा प्रबन्धक जिम्मेवारी हुने भएकाले प्राधिकरणले शाखा प्रबन्धकविरूद्ध कारवाहीका लागि सम्बन्धित बीमकलाई निर्देशन दिने भएको हो।

 

जीवन बीमा अभिकर्ताको परीक्षामा सहभागी ११ जनामाथि बीमा प्राधिकरणले गर्यो कारबाही

बीमा प्राधिकरणले आइतबारको कारवाहीमा परेका परिक्षार्थीहरूलाई तीन महिनाका लागि परिक्षामा पुनः सहभागि हुन प्रतिबन्ध लगाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%
happy

खुसी

40%
sad

दु :खी

0%
amazed

अचम्मित

40%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS