IME Life New

हड्तालका कारण आज उपत्यकाका अधिकांश विद्यालय बन्द रहने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले आज सोमबार (पुस ७) शैक्षिक हड्ताल घोषणा गरेपछि उपत्यकाका अधिकांश विद्यालयहरु पठनपाठन ठप्प हुने भएको छ।

प्रदर्शनका कारण तनाव र अप्रिय घटना हुन सक्ने संभावनाका कारण अधिकांश विद्यालयले आइतबार मध्यरात अघि अभिभावकल़ई विद्यालय बन्द रहने सूचना पठाएका छन् ।

Esewa
Crest
“आदरणीय अभिभावकज्यू, विद्यार्थी सङ्गठनले शैक्षिक संस्था बन्दको आव्हान गरेका कारण पठनपाठन सञ्चालन गर्न कठिनाइ हुने सम्भावना हुँदा भोलि मिति २०८२ पौष ०७ गते सोमबार विद्यालय बन्द रहने कुरा जानकारी गराइन्छ ।”

युनियनले विदेशमा रहेका नेपाली विद्यार्थी, श्रमिक एवं नेपाली नागरिकलाई यही चुनावबाट मताधिकार सुनिश्चित गर्नुपर्ने, निजी विद्यालयको शिक्षण शुल्क घटाउनुपर्ने लगायतका माग पुरा गराउन दबाब दिने उद्देश्यले हड्ताल घोषणा गरेको हो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

27%
happy

खुसी

7%
sad

दु :खी

20%
amazed

अचम्मित

5%
excited

उत्साहित

41%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS