IME Life New

सात वर्ष पुरानो स्ट्रोक लुकाउँदा रु. ५ लाखको जीवन बीमा दाबी खारेज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा भनेको केवल प्रिमियम तिर्नु र दाबी लिनुमात्र नभएर यो परम सद्विश्वासको करार पनि हो। बीमितहरुले आफ्नो स्वास्थ्य अवस्था लुकाएर बीमा गर्ने र पछि दाबीका क्रममा कम्पनीहरु कानुनी झमेलामा फस्ने क्रम बढ्दो छ।
हालै नेपाल बीमा प्राधिकरणले हिमालयन लाइफ इन्स्योरेन्सको एउटा मुद्दामा गरेको फैसलाले यसलाई पुनः पुष्टि गरेको छ।

यस्तो थियो घटना

Esewa
Crest

साविक प्राइम लाइफ हाल हिमालयन लाइफमा २०७६ चैत १४ गते ५ लाख रुपैयाँको जीवन बीमा गराएकी सीता भट्टराईको २०७९ चैत १८ गते मृत्यु भयो। मृतकका हकवाला मणिराम भट्टराईले मृत्यु दाबी भुक्तानीका लागि निवेदन दिए। तर, कम्पनीले अनुसन्धान गर्दा मृतकले बीमा गर्नुअघि नै गम्भीर रोग लुकाएको फेला पायो।

अस्पतालको मेडिकल रेकर्डले खोल्यो पोल

बीमा प्राधिकरणले गरेको छानबिनका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालको रेकर्डमा डरलाग्दो तथ्य भेटियो। अस्पतालको ओपीडी र इमर्जेन्सी टिकटहरुअनुसार बीमितलाई विगत ७ वर्षदेखि स्ट्रोकको समस्या थियो। उनलाई मधुमेह र थाइरोइडको पनि पुरानो समस्या थियो। बीमा प्रस्ताव फारम भर्ने बेला उनले यी कुनै पनि गम्भीर रोगबारे जानकारी नगराई आफू पूर्ण स्वस्थ्य रहेको दाबी गरेकी थिइन्।

यही तथ्यका आधारमा हिमालयन लाइफका परामर्शदाता चिकित्सक डा सरोज गौडेलले बीमा जारी हुनुभन्दा अगाडि नै रोग रहेको र तथ्य लुकाइएको राय दिएपछि कम्पनीले दाबी दिन इन्कार गरेको थियो।

स्ट्रोक भनेको के हो ?

स्ट्रोक भनेको मस्तिष्कमा जाने रगतको प्रवाह अचानकअवरुद्ध हुनु वा मस्तिष्कभित्र रक्तनली फुटेर रगत बग्नु हो। यसले मस्तिष्कका कोषिकालाई अक्सिजन र पोषण नपुग्ने बनाउँछ। जसका कारण केही समयमै कोषिका क्षति हुन सक्छ।

प्राधिकरणको फैसला

बीमा प्राधिकरणले २०८१ असोज २२ गते यो मुद्दामा अन्तिम फैसला गर्दै बीमककै निर्णयलाई सदर गरेको छ। बीमितले बीमालेख जारी हुनुअगावै आफूलाई भएको रोग लुकाइ–छिपाइ बीमा प्रस्ताव फारममा गलत उद्घोष गरी बीमाको सर्वमान्य परम सद्विश्वासको सिद्धान्तविपरीत लाभ लिन खोजेको देखियो। यससँगै प्राधिकरणले बीमितको दाबी खारेज गर्दै कम्पनीलाई दायित्व वहन गर्न नपर्ने आदेश दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS