IME Life New

सन्धि र स्वेच्छिक पुनर्बीमा के हो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पुनर्बीमा भनेको बीमा कम्पनीहरुका लागि बीमा हो। कुनै बीमकले बीमितसँग बीमा करारमार्फत स्वीकारेको जोखिममध्ये केही जोखिमबापतको वित्तीय भार अर्को बीमा कम्पनी वा पुनर्बीमकलाई हस्तान्तरण गर्ने प्रक्रिया हो, पुनर्बीमा।

विश्वभर नै बीमकले बीमितसँग प्रत्यक्ष रुपमा जोखिम स्वीकार्ने र यस्तो जोखिमको केही अंश आफूसँग राखेर बाँकी पुनर्बीमकलाई हस्तान्तरण गरिदिने चलन रहेको छ। यसो गर्दा बीमकले आफ्नो क्षमताभन्दा अधिक जोखिम स्वीकार्न सक्छन् र भविष्यमा कुनै ठूलो विपत्ति आइपरेको वा ठूलो दाबी भुक्तानी दिनुपरेको अवस्थामा पुनर्बीमकबाट सहयोग प्राप्त गर्छन्।

Esewa
Crest

पुनर्बीमालाई दुई आधारभूत वर्गमा विभाजन गर्न सकिन्छ– सन्धि पुनर्बीमा र स्वेच्छिक पुनर्बीमा। यीबाहेक पनि पुनर्बीमा करार हुन्छन् तर यहाँ दुई आधारभूत पुनर्बीमाबारे मात्र वर्णन गरिएको छ।

सन्धि पुनर्बीमा

सन्धि पुनर्बीमा भनेको प्राथमिक बीमकको विभिन्न वर्गीकृत बीमालेखजस्तै सावधिक, म्यादी, लघु, सम्पत्ति, मोटर बीमाजस्ता बीमाको व्यापक समूहलाई समेट्ने बृहत सम्झौताहरु हुन्। यसको ठीकविपरीत स्वेच्छिक पुनर्बीमा चाहिँ विशिष्ट व्यक्ति, सामान्यतया उच्च–बीमांक, ठूला परियोजना वा विशेष जोखिम निहीत विषयवस्तुको बीमालाई समेट्छ, जुन जोखिमहरु सामान्यतया सन्धि पुनर्बीमाअन्तर्गत स्वीकार गरिँदैन।

धेरैजसो सन्धि सम्झौतामा सम्झौताका सर्तहरु, बहन गरिएका जोखिमहरुको वर्गहरुसहित स्थापित भएपछि ती सर्तभित्र पर्ने सबै बीमालेखहरु– धेरै अवस्थामा नयाँ र पुराना दुवै स्वचालित रुपमा नै पुनर्बीमकले बहन गरेको हुन्छ। यस्तो जोखिमको हस्तान्तरण पुनर्बीमा सन्धि रद्द नभएसम्म नै स्वचालित रुपमा नै पुनर्बीमकमा हस्तान्तरण भइरहन्छ।

स्वेच्छिक पुनर्बीमा

यसमा पुनर्बीमकले बीमकले प्रस्ताव गर्ने प्रत्येक बीमालेखमा निहीत ‘जोखिम’लाई प्रत्येकपटक विशेष रुपमा जोखिमांकन गर्नुपर्छ। यस्तो बीमा प्रस्ताव अस्वीकार गर्न सक्ने पूर्ण अधिकार पुनर्बीमकमा निहीत हुन्छ। जसरी बीमकले कुनै अस्पतालको जोखिम बहन गर्नुपर्दा अस्पताल सञ्चालनका सबै पक्ष र सुरक्षाप्रति अस्पतालको मनोवृत्ति र पृष्ठभूमि हेर्छ। यसका साथै पुनर्बीमकले पुनर्बीमा कभरेज खोज्ने बीमकको मनोवृत्ति र व्यवस्थापनलाई पनि विचार गर्छ। यस प्रकारको पुनर्बीमामा पुनर्बीमकले प्रत्येक पटक लिखित रुपमा स्वीकृति दिनुपर्छ। किनकि पुनर्बीमकसँग सन्धि पुनर्बीमाको विपरीत प्रस्ताव गरिएको कुनै पनि नीतिको सबै वा केही अंश स्वीकार गर्ने वा अस्वीकार गर्ने अधिकार निहीत हुन्छ। जसअन्तर्गत सम्झौतामा हस्ताक्षर भएपछि यसले सबै लागू हुने बीमालेखहरु स्वीकार गर्नुपर्छ।

सन्धि र स्वीकृति पुनर्बीमा सम्झौता दुई बीमकबीचको घाटा–नाफा बाँडफाँट गर्ने व्यवस्थामा निर्भर गर्दै ‘प्रमाण अनुपात’ (आनुपातिक) वा ‘अतिरिक्त नोक्सान’ (गैरआनुपातिक) आधारमा संरचित गर्न सकिन्छ।

समानुपातिक सम्झौतामा प्रायः सम्पत्ति बीमामा लागू हुन्छ। पुनर्बीमक र प्राथमिक बीमकले बीमितबाट प्राप्त बीमाशुल्क र सम्भावित नोक्सानी दुवै बाँडफाँट गर्छन्।

अतिरिक्त नोक्सान सम्झौतामा प्राथमिक बीमकले कम्पनीले नोक्सानी (स्वधारण)का लागि निश्चित मात्रामा दायित्व कायम राख्छ र पुनर्बीमकलाई त्यो रकमभन्दा माथिको जोखिम बहनका लागि पुनर्बीमा शुल्क तिर्छ। जुन सामान्यतया निश्चित माथिल्लो सीमाको अधीनमा हुन्छ। अतिरिक्त नोक्सान सम्झौताहरु व्यक्तिगत बीमालेखहरु, धेरै बीमितहरुलाई असर गर्ने आँधीबेहरीजस्ता घटनामा वा प्रतिबीमालेख वा प्रतिवर्ष एक निश्चित रकमभन्दा माथिको बीमकको कुल नोक्सानीमा लागू हुन सक्छ।

प्राथमिक बीमकको पुनर्बीमा कार्यक्रम धेरै जटिल हुन सक्छ। सरल भाषामा भन्नुपर्दा यदि यसलाई रेखांकन गर्ने हो भने यो बढ्दो टाढाका घटनाहरुका लागि बढ्दो रकमको जोखिम बहन भएको पिरामिडजस्तो देखिन सक्छ। प्रत्येकले एक भाग ग्रहण गर्दै धेरै पुनर्बीमा कम्पनीहरुबीच विभाजित हुन्छ। यसमा समानुपातिक र अतिरिक्त नोक्सान सन्धिहरुको तहहरु र सम्भवतः शीर्षमा नोक्सान तहको स्वेच्छिक अतिरिक्त समावेश हुनेछ।

स्रोतः इन्फर्मेसन इन्स्योरेन्स इन्स्टिच्युट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS