IME Life New

कस्तो छ सहकारी बैंकको कर्जा वर्गीकरण र कर्जा नोक्सानीको व्यवस्था ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहकारी बैंकका लागि निर्देशन जारी गरेको छ।

उक्त निर्देशनमा सहकारी बैंकको कर्जाको वर्गीकरण र कर्जा नोक्सानीसम्बन्धी प्रावधानहरु तोकिएका छन्। जसअनुसार कर्जालाई असल, कमसल, शंकास्पद र खराब भनी वर्गीकरण गरिएको छ।

Esewa
Crest

निर्देशनअनुसार भाखा ननाघेका र ३ महिनासम्म भाखा नाघेका कर्जालाई असल भनी वर्गीकरण गरिएको छ। ३ महिनादेखि बढीमा ६ महिनासम्म भाखा नाघेका कर्जालाई कमसलमा राखिएको छ।

यसैगरी ६ महिनादेखि बढीमा १ वर्षसम्म भाखा नाघेका कर्जालाई शंकास्पद र १ वर्षभन्द बढी अवधिको भाखा नाघेका कर्जालाई खराब भनी वर्गीकरण गरिएको छ।

असल वर्गमा रहेका ऋणलाई ‘सक्रिय कर्जा’ र कमसल, शंकास्पद र खराब ऋणलाई ‘निष्क्रिय कर्जा’ भनिने निर्देशनमा उल्लेख छ।

यसैगरी सहकारी बैंकले असल ऋणको १ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने व्यवस्था निर्देशनमार्फत गरिएको छ। त्यस्तै कमसल ऋणको २५ प्रतिशत, शंकास्पद ऋणको ५० प्रतिशत र खराब ऋणको १०० प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS