काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ भने चाँदी बढेको छ। नेपाली बजारमा आज सुनको भाउ तोलामा २ लाख ३६ हजार ३ हजार रुपैयाँ कायम भएको छ। हिजो पनि प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी २ हजार ९८० रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी २ हजार ९६५ रुपैयाँमा किनबेच भएको थियो।

















