काठमाडौं । एसियाका पाँचमध्ये एक कर्मचारी सन् २०२५ मा आफ्नो वा आफ्नो परिवारका लागि स्वास्थ्य सेवा किन्न सक्ने कुरामा विश्वस्त छैनन्। जुन अघिल्ला वर्षहरुको तुलनामा बढी हो।
मर्सर मार्स बेनिफिट्सको नयाँ प्रतिवेदनअनुसार एसियाभरि स्वास्थ्य सेवा किफायतीमा खाडल बढ्दो प्रवृत्तिमा रहेको छ। जसमा बीमा लाभहरुले खाडललाई कम गर्न वा फराकिलो बनाउन मुख्य भूमिका खेलिरहेको प्रतिवेदनमा उल्लेख छ।
एसियाभरि औसत १३ प्रतिशत रहेको बढ्दो चिकित्सा प्रवृत्ति दरले तलब वृद्धिलाई उल्लेखनीय रुपमा उछिनिरहेका छन्। जुन भारत, इन्डोनेसिया र फिलिपिन्सजस्ता प्रमुख बजारमा तुलनात्मक रुपमा कम छ।
यो असमानताले विशेषगरी औसत आयभन्दा कम कमाउने कर्मचारीमाथि दबाब दिइरहेको छ। यस समूहमा ३ मध्ये १ ले स्वास्थ्य सेवा किफायती हुनुपर्ने धारणा राखेका छन्।
मुख्य सेवाहरुका लागि बीमा कभरेज सीमित छ। उदाहरणका लागि ४० प्रतिशत कर्मचारीले प्रिस्क्रिप्सन औषधि वा नियमित डाक्टर भ्रमणका लागि बीमा कभरेज उपयोगी हुने बताउँछन्। तर, हाल धेरै कम रोजगारदाताले यी सुविधा प्रदान गरिरहेका छन्।
एसियामा कम आय भएका कर्मचारीमाझ गम्भीर रोग र व्यक्तिगत दुर्घटना बीमा उपलब्धतामा पनि उल्लेखनीय अन्तर रहेको छ। प्रतिवेदनमा भनिएको छ, ‘कर्मचारीहरुले आर्थिक अवरोधका कारण विशेषगरी युवापुस्तामाझ चिकित्सा सेवामा ढिलाइ गरिरहेका छन्। यो ढिलाइले दीर्घकालीन स्वास्थ्य सेवा लागत बढाउन सक्छ र कार्यबल उत्पादकत्वमा असर पार्न सक्छ।
प्रतिवेदनमा मानसिक स्वास्थ्य कभरेज अर्को चिन्ताको विषय बनेको उल्लेख छ। ‘एसियाका ३८ प्रतिशत पुरुष कर्मचारीले मानसिक स्वास्थ्य जाँचलाई महत्व दिएका छन्’, प्रतिवेदनमा भनिएको छ, ‘केवल २५ प्रतिशतले आफ्नो रोजगारदातामार्फत यस्ता सुविधा पाएका छन्।’
बीमा कम्पनीसँग विभिन्न आय स्तर र जीवन चरणहरुअनुरुप थप पहुँचयोग्य र किफायती उत्पादन प्रदान गर्न रोजगारदातासँग साझेदारी गरेर बीमा कभरेजको खाडल कम गर्र्ने अवसर हुन सक्ने प्रतिवेदनमा सुझाव दिइएको छ। ‘यसमा विस्तारित बाह्य रोगी र मानसिक स्वास्थ्य कभरेज, निवारक जाँच र जलवायु सम्बन्धित स्वास्थ्य जोखिमलाई कम गर्न डिजाइन गरिएका उत्पादनहरु समावेश गरिन सक्छ’, प्रतिवेदनमा भनिएको छ।
सन् २०२४ को अन्त्यमा गरिएको विश्वव्यापी सर्वेक्षणको भागका रुपमा एसियाका ५ हजार १२१ कर्मचारीको प्रतिक्रियामा आधारित यो प्रतिवेदन तयार गरिएको हो।

















