काठमाडौं । नेप्से परिसूचक आइतबार २९६४.२० विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक १८.४४ अंकले घटेको छ।
२६ अर्ब ५७ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।
ब्रोकर नम्बर ५८ बाट ४ अर्ब ४४ करोड ८९ लाखको कारोबार भएको छ जसमा २ अर्ब ५ करोड ७४ लाखको खरीद छ भने २ अर्ब ३९ करोड १४ लाखको विक्री छ ।
त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४५ बाट ९७ करोड ९ लाखको खरीद छ भने १ अर्ब १३ करोड ५९ लाखको विक्री छ ।
आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ४ ब्रोकरले विक्री धेरै गरेका छन्।


















