काठमाडौं । सालपा विकास बैंकले चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्म अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
विवरणअनुसार बैंक तेस्रो त्रैमाससम्म ३१ लाख ८९ हजार रुपैयाँले घाटामा छ। अघिल्लो वर्ष २०८१।८२ को यही अवधिसम्म बैंक ३५ लाख ८४ हजार रुपैयाँले घाटामा थियो। घाटा केही घटेको छ।
समीक्षा अवधिसम्म बैंकको सञ्चालन घाटा ३१ लाख ८९ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको सञ्चालन घाटा ३५ लाख ८४ हजार रुपैयाँ थियो।
चालु वर्षको पहिलो ९ महिनामा बैंकको खुद ब्याज आम्दानी ५ करोड ५७ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको तुलनामा ६.७७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ५ करोड २२ लाख रुपैयाँ थियो।
चैतसम्म बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ४८ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि बैंकको वितरणयोग्य मुनाफा ५६ करोड ८७ लाख रुपैयाँले ऋणात्मक रहेको थियो।
चुक्तापुँजी ५२ करोड २३ लाख रुपैयाँ रहेको बैंकको रिटेन्ड अर्निङ ९१ लाख ३३ हजार रुपैयाँले ऋणात्मक रहेको छ भने जगेडामा २ करोड ८७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको असार मसान्तसम्म बैंकको रिटेन्ड अर्निङ १ करोड ९ लाख रुपैयाँले ऋणात्मक रहेको थियो भने जगेडामा २ करोड ६६ लाख रुपैयाँ थियो।
चालु आर्थिक वर्षको चैतसम्म बैंकले १ अर्ब ४९ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब १९ करोड ७५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्षको असार मसान्तसम्म बैंकले १ अर्ब ३८ करोड १६ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ९ करोड ६२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
चैतसम्म बैंकको खराब कर्जा घटेर ०.१० प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म खराब कर्जा २.२७ प्रतिशत थियो।
समीक्षा अवधिसम्म बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ०.६१ रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको ईपीएस १.०२ रुपैयाँले ऋणात्मक थियो। बैंकको प्रतिशेयर नेटवर्थ १०३.७५ रुपैयाँ रहेको छ।












