IME Life New

उडिरहेको विमानमा चट्याङ पर्यो भने के हुन्छ ? यस्तो छ रोचक विज्ञान

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । खराब मौसमका बीच बुधबार विमानमा चट्याङ परेपछि भारतको दिल्लीबाट श्रीनगरका लागि इन्डिगोको उडान ६ई–२१४२ को चर्चा निकै चुलिएको छ। यो घटनाले यात्रुमा निकै त्रास फैलाएको थियो तर पाइलटको उपस्थिति र आधुनिक प्रविधिका कारण विमान श्रीनगर विमानस्थलमा सुरक्षित अवतरण भयो। यद्यपि, यस घटनामा विमानको अगाडिको भागमा क्षति पुगेको छ।

यो घटनापछि धेरै मानिस सोचिरहेका छन् कि विमानमा चट्याङ पर्दा वास्तवमा के हुन्छ ? यो बुझौँ।

Crest

विमानमा चट्याङ पर्दा के हुन्छ ?

चट्याङको कुरा आउँदा हाम्रो दिमागमा डरलाग्दो तस्बिर आउँछ। तर, के तपाइँलाई थाहा छ कि हवाईजहाजहरु विशेषगरी चट्याङको सामना गर्न डिजाइन गरिएका हुन्छान्? आधुनिक विमानहरुको संरचना र सुरक्षा प्रणाली यति उन्नत छ कि चट्याङको प्रभाव सामान्यतया यात्रुसम्म पुग्दैन।

विमान सुरक्षाको पछाडिको विज्ञान

विमानको बाहिरी तह सामान्यतया आल्मुनियमजस्ता प्रवाहकीय धातुबाट बनेको हुन्छ। यी विशेष ‘कन्डक्टिभ कोटिङ’ले सुसज्जित हुन्छन्। यो कोटिङले विमानको बाहिरी सतहमा रहेको बिजुलीलाई अर्को दिशामा निर्देशित गर्छ। जसले गर्दा यो विमानको एक छेउबाट अर्को छेउमा यात्रा गर्न र त्यसपछि बाहिर निस्कन सक्छ।

यात्रुको सुरक्षामा विशेष ध्यान

यसरी चट्याङले विमानलाई छुन्छ तर ककपिट, यात्रु क्याबिन वा इन्धन ट्यांकीजस्ता यसको भित्री भागहरुमा पुग्दैन। अर्थात्, विमानलाई यसरी डिजाइन गरिएको हुन्छ कि चट्याङको प्रभाव यात्रुसम्म नपुगोस्। ककपिटदेखि यात्रु सिटसम्म सबै कुरा फराडे केज सिद्धान्तमा आधारित छ। जसले बिजुलीलाई बाहिरी सतहमा सीमित राख्छ। यसले गर्दा यात्रुलाई न त झट्का लाग्छ न त करेन्ट नै लाग्छ। यद्यपि, चट्याङ पर्दा विमानको बाहिरी सतहमा सानो जलेको दाग देखिन सक्छ। दिल्ली–श्रीनगर उडानको सन्दर्भमा चट्याङ र असिनाले विमानको नोजमा क्षति पुर्यायो, जुन असामान्य अवस्था थियो।

कति पटक हुन्छन् यस्ता घटना ?

तथ्यांकअनुसार औसतमा प्रत्येक व्यावसायिक विमानमा प्रत्येक हजार उडान घन्टामा एकपटक चट्याङ पर्छ। अर्थात्, एउटा विमान आफ्नो जीवनकालमा धेरै पटक चट्याङ पर्न सक्छ। तैपनि, आधुनिक सुरक्षा मापदण्डका कारण यस्ता घटनाले विरलै गम्भीर दुर्घटना निम्त्याउँछन्।

अवतरणपछिको जाँच

चट्याङ परेपछि अवतरण गर्दा ग्राउन्ड इन्जिनियरहरुले विमानको गहन निरीक्षण गर्छन्। तिनीहरुले सेन्सर, तार वा अन्य प्रणालीहरुमा कुनै क्षति नभएको सुनिश्चित गर्छन्। आवश्यक परेमा क्षतिग्रस्त भागहरु प्रतिस्थापन गरिन्छ। विमानको पखेटा, पुच्छर र नोजमा जडान गरिएका ‘स्टेटिक डिस्चार्जर’ले बिजुलीलाई सुरक्षित रुपमा फैलाउन मद्दत गर्छन्। त्यस्तै इन्धन ट्यांकीहरु विशेष इन्सुलेसन र सञ्चार उपकरणद्वारा डबल सिल्डिङले सुरक्षित गरिएका हुन्छन्।

बुधबार साँझ इन्डिगोको उडान ६ई–२१४२ दिल्लीबाट श्रीनगरका लागि उडान भरिरहेको थियो। त्यतिबेला श्रीनगरमा अचानक मौसम परिवर्तन भयो। तीव्र हावा, भारी वर्षा र असिनाको बीचमा विमानले तीव्र अशान्तिको सामना गर्योे। त्यही क्षण विमानमा बिजुली चम्कियो। यात्रुहरुले विमान हल्लिएपछि ठूलो आवाज आएको र क्याबिनमा त्रास फैलिएको बताए। केही यात्रुले डरले प्रार्थना गर्न थाले भने केटाकेटीहरु रुन थाले।

पाइलटले तुरुन्तै श्रीनगर एयर ट्राफिक कन्ट्रोललाई आपतकालीन अवस्थाका बारेमा जानकारी गराए र बुद्धिमानीपूर्वक साँझ ६ः३० बजे विमानलाई सुरक्षित अवतरण गराए। उडानमा रहेका सबै २२७ यात्रु र चालक दलका सदस्य सुरक्षित छन्।

यद्यपि अनुसन्धानबाट विमानको अगाडिको भाग विशेषगरी नोज चट्याङ र असिनाको प्रभावका कारण क्षतिग्रस्त भएको पत्ता लागेको छ। इन्डिगोले प्राविधिक निरीक्षणका लागि विमानलाई अस्थायी रुपमा ग्राउन्डेड गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS