काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले बारा पर्सा र रौतहटको वर्षा मापन केन्द्रहरुमा जल सतह खतरा नजिक पुगेको जानकारी दिएको छ।
वीरगंज, गौर, कलैया सहित मधेश प्रदेशका १० स्थानमा वर्षाको मात्रा खतराको तहमा पुगेको छ ।

यसैगरी काभ्रे-रोसी, मनोहरा- काठमाडौं, बागमती- काठमाडौं, लालबकैया- मकवानपुर मा जलसतह सतर्कता तह माथि र बढ्दो।
बागमती प्रदेश र मधेश प्रदेश भएर बहने प्राय सवै नदी नाला सतर्कता तह नजिक र बढ्दोछ। शनिबार सांझ र राती जोखिम थप बढ्ने संभावना छ।

















