काठमाडौं । वैश्विक रेटिङ एजेन्सी एसएन्डपी ग्लोबल रेटिङ्सले भारत र पाकिस्तानबीचको शत्रूताले दुवै देशको वित्तीय विश्वसनीयतामा जोखिम बढाएको र युद्धमा हुने कुनै पनि विस्तारले सार्वभौम क्रेडिट समर्थनलाई झनै नराम्रो प्रभाव पार्ने चेतावनी दिएको छ।
भारतलाई सकारात्मक दृष्टिकोणको साथ त्रिपल बी माइनस र र पाकिस्तानलाइ ‘त्रिपलसी प्लस’ (स्थिर दृष्टिकोण) मा राखेको एसएन्डपीले भनेको छ, ‘वर्तमान परिदृश्यमा यसले सार्वभौम क्रेडिट मूल्यांकनमा तत्काल कुनै प्रभाव देख्दैन र अर्को दुईदेखि तीन हप्तामा तनाव उच्च रहने अपेक्षा गर्दछ। यसले दुवै पक्षबाट उल्लेखनीय थप सैन्य कारबाही सम्भावना औँल्याएको छ।’
एसएन्डपी ग्लोबल रेटिङ्सले एक विज्ञप्तिमा भनेको छ, ‘भारत र पाकिस्तानबीचको शत्रूता फैलिएकोले विशेषगरी युद्धमा संलग्न दुई सार्वभौमका लागि क्षेत्रीय वित्तीय क्रेडिट जोखिम बढाएको छ।’
कश्मीरको पहलगाम नरसंहारको जबाफमा भारतीय सेनाले बुधबार मध्यरातमा पाकिस्तान र कश्मीरमा विभिन्न नौ स्थानमा हवाई आक्रमण गरेको थियो। त्यसयता दुवै पक्षबीच स्थल र हवाई आक्रमणको शृंखला जारी छ।

















