IME Life New

रोटरी क्लब डिल्लीबजारको दुईदिने शेयर बजार तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रोटरी क्लब अफ डिल्लीबजारले ग्लोबल मनी विकका अवसरमा नेपाल इन्भेस्टमेन्ट सेक्युरिटिज (ब्रोकर नं. १९) को सहकार्यमा दुईदिने शेयर बजारसम्बन्धी तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

काठमाडौंस्थित डिल्लीबजार कन्या कलेजमा आयोजित कार्यक्रममा स्नातक तहका विद्यार्थीको उत्साहपूर्ण सहभागिता थियो। रोटरी क्लब अफ डिल्लीबजारका अध्यक्ष प्रेम वलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पास्ट प्रेसिडेन्ट डा पार्थिवेश्वर प्रसाद तिमिल्सिनाले स्वागत मन्तव्य राखेका थिए भने ब्रोकर नं. १९ का सीईओ कृष्ण भण्डारीले धन्यवाद तथा समापन मन्तव्य राखेका थिए।

Esewa
Crest

तालिममा नेपाल धितोपत्र बोर्ड (सेबोन)का निवर्तमान प्रवक्ता निरज गिरी र शेयर बजार विश्लेषक एवं पत्रकार अर्जुन तिमिल्सिनाले प्रशिक्षकको भूमिका निर्वाह गर्दै शेयर बजारको आधारभूत ज्ञान, लगानी गर्ने तरिका, जोखिम व्यवस्थापन तथा उपयुक्त कम्पनी छनोटका बारेमा विस्तृत जानकारी दिएका थिए। कार्यक्रममा पास्ट प्रेसिडेन्ट इन्दिरा पराजुली तथा कलेजकी प्रिन्सिपल अपराजिता अर्यालले पनि शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा निवर्तमान अध्यक्ष सागरनिधि तिवारी, पास्ट प्रेसिडेन्ट लीलानाथ शर्मा, सचिव सन्ध्या राजभण्डारी, संयुक्त सचिव विष्णुबहादुर कार्की, रोटरियन विष्णु पराजुली, इन्जिनियर रविन्द्रराज पराजुलीलगायतको उपस्थिति थियो।

सहभागी विद्यार्थीहरुले कार्यक्रम अत्यन्त उपयोगी, ज्ञानवद्र्धक र प्रेरणादायी भएको प्रतिक्रिया दिए। कतिपयले शेयर बजारका बारेमा पहिले सुने पनि स्पष्ट रुपमा बुझ्ने अवसर पहिलो पटक प्राप्त भएको भन्दै आयोजकप्रति आभार व्यक्त गरे। कार्यक्रमको अन्त्यमा सबै सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो।

आयोजकका अनुसार यस्ता कार्यक्रमले युवालाई सही तरिकाले लगानी गर्न सिकाउने मात्र नभई बचत गर्ने बानी विकास गर्न, वित्तीय साक्षरता बढाउन र आत्मनिर्भर बन्न प्रेरित गर्ने महत्वपूर्ण भूमिका खेल्छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS