काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्सले आर्थिक वर्ष २०८१ /८२ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा बोहक अधिकांश सूचक बढेको छ ।
५२ करोड २५ लाख रुपैयाँ शेयर पूँजी भएको कम्पनीको स्पेसल रिर्जभमा ५४ लाख ७३ हजार , महाविपत्ती कोषमा ५ लाख ४७ हजार रुपैयाँ रहेको छ । रिडेन्ड अर्निङमा ४८ लाख १६ हजार रुपैयाँ रहेको छ । अन्य इक्विटीमा १७ लाख १ हजार हजार रुपैयाँ रहेको छ ।
यस अवधिमा कम्पनीले ७ करोड ८७ लाख ५६ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले २३ लाख ८४ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क बढी हो ।
यस अवधिसम्ममा कम्पनीले पुनर्बीमा मार्फत ५ करोड २२ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १७ लाख ४६ हजार रुपैयाँ खर्चिएको थियो ।
यस अवधिसम्ममा कम्पनीले २ करोड ६४ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६ लाख ३८ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क बढी हो ।
समीक्षा अवधिमा कम्पनीले ३७ लाख २३ हजार रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले १ करोड १४ लाख नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा घटेको हो ।


















