काठमाडौं । शेयर बजार शुक्रबार एकल अंकले घटेको छ। नेप्से परिसूचक ६.४४ अंकले घटेर २६४८.७७ को विन्दुमा झरेको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेका ४ वटा समूह बढेका छन् भने ९ वटा घटेको छ। यो दिन निर्जीवन बीमा समूह सर्वाधिक ०.३३ प्रतिशतले बढ्दा अन्य समूहमा सर्वाधिक ०.९४ प्रतिशतको गिरावट देखिएको छ।
आज बजारमा ११० कम्पनीको शेयरभाउ बढेको छ भने १६० कम्पनीको घटेको छ। यो दिन ९ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ३ अर्ब ५ करोड रुपैयाँको कारोबा भएको छ। सर्वाधिक कारोबार घोराही सिमेन्टको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी












