काठमाडौं । शेयर बजार आज दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक १८.०७ अंकले बढेर २५६०.८४ को विन्दुमा बन्द भएको हो।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका ११ वटा समूह बढेका छन् भने २ वटा घटेको छ। यो दिन निर्जीवन बीमा समूह सर्वाधिक २.०५ प्रतिशतले बढ्दा वित्त समूहमा सर्वाधिक ०.४३ प्रतिशतको गिरावट देखिएको छ।
आज बजारमा १९५ कम्पनीको शेयरभाउ बढ्दा ७९ वटाको घटेको छ। यो दिन ४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ३ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार रिलायन्स स्पिनिङ मिल्सको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी













