काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २५ दशमलव ८९ अंकले बढेर २,७३१ को विन्दुमा कायम भएको छ । आज १६१ कम्पनीको शेयर मूल्य बढेको छ भने ८७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै माई खोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव १५ प्रतिशतका दरले कमाएका हुन् । मान्डु हाइड्रोपावरका लगानीकर्ताले ६ दशमलव ६७ प्रतिशतका दरले कमाएका छन् । समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६ दशमलव ५७ प्रतिशतका दरले कमाएका छन् । भगवती हाइड्रोपावरका लगानीकर्ताले ६ दशमलव ५२ प्रतिशतका दरले कमाएका छन् ।


















