काठमाडौं । हिमालयन ८०–२० को प्रतिफल सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। फण्डले प्रतिफल वितरण प्रयोजनका लागि भो असोज ६ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।
हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० ले आफ्ना इकाईधनीहरुलाई करसहित १५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको छ।
भदौ १७ गते बसेको योजना व्यवस्थापक हिमालयन क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको थियो।












