काठमाडौं । पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस ९ गते, अन्तिम दिन रहेको छ। आज मिड सोलु हाइड्रोपावर, स्वाबलम्बन लघुवित्त, चन्द्रागिरी हिल्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १०.१७८० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने घोषणा गरेको हो। सो प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ। सानिमा रिलायन्स लाइफले पुस २४ गते साधारण सभा गर्दैछ ।
मिड सोलु हाइड्रोपावर कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ० दशमलव ७८९ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २५ गते, शुक्रबार चौबीसौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा लिसारा रिसेप्सन, नक्सालमा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ५.६३६५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ४.३६३५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
चन्द्रागिरी हिल्स लिमिटेडले पुस २३ गते, बुधबार,१६ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा चन्द्रागिरी हिल्स लिमिटेड, बटम स्टेशन परिसर, थानकोट काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
रुरु जलविद्युत परियोजनाले हाल कायम चुक्तापुँजी १५.७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १० प्रतिशत बोनस शेयर र ५.७९ प्रतिशत नगद लाभांश (करसहित) छन्।












