IME Life New

४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिँदैछन् बोनश र नगद ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। आज कुमारी बैंक, सिटिजन्स बैंक, विकास हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

यी कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि आगामी सोमबार असोज १९ गते बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुले प्रस्ताव गरेको लाभांश पाउनुको साथै साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

Esewa
Crest

कुमारी बैंकले गत आर्थिक वर्ष २०८२।८३ का लागि वितरणयोग्य रकमबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको २.१०५३ प्रतिशतले हुन आउने ५५ करोड २१ लाख २३ हजार ३९६।६३ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न बैंकले २६ औँ वार्षिक साधारणसभा यही असोज २८ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको सुवर्ण शमशेर सडकस्थित सिल्भर ओक ब्यांक्वेट एन्ड इभेन्ट्समा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।

सोही सभाले बैंकका सहायक कम्पनी कुमारी क्यापिटल र केबीएल सेक्युरिटिजको गत आर्थिक वर्षको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण पारित गर्नेछ। सभाले चालु आर्थिक वर्ष २०८३।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०८२।८३ का लागि शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमा ३.८० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२० प्रतिशत नगद लाभांश छन्। उक्त प्रस्ताव पारित गर्न बैंकले आफ्नो २० औँ वार्षिक साधारणसभा यही असोज २८ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको डिल्लीबजारस्थित अमृतभोगमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले बोनस शेयर वितरणपछि जारी तथा चुक्तापुँजी वृद्धि गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ। यसका लागि प्रबन्धपत्रमा संशोधन गर्न नियमनकारी निकायहरुबाट कुनै निर्देशन प्राप्त भएमा सोहीबमोजिम थपघटलगायतका आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव सभाले पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ। सभाले बैंकका सहायक कम्पनीहरुको गत आर्थिक वर्षको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण पारित गर्नेछ। सभाले चालु आर्थिक वर्ष २०८३।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

विकास हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०८२।८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमा १० प्रतिशतले हुन आउने ९ करोड ९ लाख १० हजार १३० रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने ४७ लाख ८४ हजार ६००.१४ रुपैयाँबराबरको नगद लाभांश छन्।  हाइड्रोपावरले उक्त प्रस्ताव पारित गर्न आफ्नो पाँचौँ वार्षिक साधारणसभा यही असोज २९ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्ट दरबारमा बिहान साढे ९ बजेबाट सुरु हुनेछ।

सभाले बोनस शेयर जारीपश्चात पुँजी वृद्धि गर्न कम्पनीको अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। सभाले कम्पनीको नियमावली र प्रबन्धपत्रमा संशोधन गर्दा नियमनकारी निकायबाट कुनै फेरबदल वा सुझाव भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

सामानि मिडिल तमोर हाइड्रोपावरले आर्थिक वर्ष २०८२।८३ का लागि उक्त आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको करसहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। यो लाभांश पारित गर्न कम्पनीले यही असोज ३० गते ११ औँ वार्षिक साधारणसभा डाकेको छ। सभा प्रयोजनका लागि कम्पनीले असोज १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS