काठमाडौं । एनएमबि म्युचुल फन्डअन्तर्गत सञ्चालित हुने ‘एनएमबि हाइब्रिड फन्ड एल–२’का इकाइहरु खरिद गर्ने आज फागुन ८ गते अन्तिम दिन रहेको छ।
यस योजनाका इकाइहरु गत माघ २४ गतेबाट बिक्री खुला गरिएको थियो। यसमा आज बैंकिङ समयसम्म खरिद आवेदन दिन सकिनेछ।
यो योजनाका कुल १ अर्ब २० करोड रुपैयाँबराबरको इकाइहरु बिक्री खुला गरेको छ। जसअनुसार १० अंकितदरका कुल १२ करोड इकाइको सार्वजनिक निष्कासन गरिएको छ।
कुल इकाइमध्ये १४ प्रतिशतले हुने १ करोड ६८ लाख इकाइ कोष प्रवद्र्धक एनएमबि बैंकलाई तथा १ प्रतिशतले हुने १२ लाख इकाइ योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ। बाँकी १० करोड २० लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।
लगानीकर्ताले यस म्युचुअल फन्डमा न्यूनतम १०० कित्ता र अधिकतम १ करोड २० लाख इकाइ खरिदका लागि आवेदन दिन सक्नेछ। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, तिनले तोकेका शाखा, योजना व्यवस्थापक एनएमबि क्यापिटल तथा सीडीएससीको मेरो शेयरबाट दिन सकिनेछ।
यो बन्दमुखी योजनालाई नेपाल धितोपत्र बोर्डले गत पुस २ गते निष्कासन अनुमति दिएको थियो।