IME Life New

वैदेशिक रोजगारीमा रहेकाले हिम पर्वत हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीले हिम पर्वत हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन रहेको छ भने आयोजना प्रभावित क्षेत्रका स्थानीयले भने कात्तिक २५ गतेसम्म आवेदन दिन पाउनेछन् । कम्पनीले कात्तिक ११ गते बुधबारदेखि आइपीओ जारी गरेको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशतले हुन आउने ५९ करोड १५ लाख रुपैयाँबराबरको आइपीओ निष्कासन गर्ने अनुमति पाएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५९ लाख १५ हजार कित्ता शेयर बिक्री गर्नेछ।

Esewa
Crest

त्यसमध्ये १६ करोड ९० लाख रुपैयाँबराबरको १६ लाख ९० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गर्दैछ। त्यसमध्ये १० लाख १४ हजार कित्ता शेयर आयोजनाबाट अतिप्रभावित क्षेत्र दोलखाको बिगु गाउँपालिकाका वडा नं ५, ६, ७ र ८ र कालिन्चोक गाउँपालिका वडा नं २, ३ र ४ का स्थानीय बासिन्दाका लागि जारी गरिने भने बाँकी रहेको ६ लाख ७६ हजार कित्ता ती दुवै गाउँपालिकाका अन्य वडाका स्थानीयलाई बिक्री खुला गरिनेछ।

यसैगरी कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ४ करोड २२ लाख ५० हजार रुपैयाँबराबरको आइपीओ वैदेशिक रोजगारमा रहेका नेपालीका लागि बिक्री खुला गर्नेछ। जसअनुसार १०० रुपैयाँ अंकित दरका ४ लाख २२ हजार ५०० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्कासन गरिनेछ।

यो कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। स्थानीयले नेपाल इन्भेस्टमेन्ट बैंक, सिन्धु विकास बैंक, प्रभु बैंकको सिंगटी शाखा कार्यालय र लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सनेन्टसन काउन्टर तथा सिटिजन्स बैंकको चरिकोट शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS