IME Life New

यी अन्तर्राष्ट्रिय एयरलाइन्सले बन्द गरे पाकिस्तानका लागि उडान

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । पाकिस्तानी हवाई क्षेत्र बन्द भएपछि कतार एयरवेजले पाकिस्तानका लागि उडानहरु अस्थायी रुपमा स्थगित गरेको छ।

कतार एयरवेजले सामाजिक सञ्जाल एक्समार्फत पाकिस्तानमा उडान बन्द गरिएको जानकारी गराएको हो। ‘एयरलाइनले परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको छ र आफ्ना यात्रु र चालक दलको सुरक्षालाई प्राथमिकतामा राख्न जारी राख्नेछ’, कम्पनीले भनेको छ।

Crest

एयरलाइन्सले यात्रुलाई प्रभावित उडानको पछिल्लो जानकारीका लागि कतार एयरवेजको आधिकारिक वेबसाइट हेर्न सल्लाह दिएको छ।
पाकिस्तानी अधिकारीहरुले लाहोर र कराँचीका प्रमुख सहरहरुलाई समेट्ने हवाई क्षेत्र बन्द गर्ने घोषणा गरेका छन्।

सीएनएनका अनुसार एयर फ्रान्स एयरलाइन्सले अर्को सूचना नभएसम्मका लागि पाकिस्तानमाथि उडान स्थगित गरेको र केही गन्तव्यका लागि आफ्नो उडान योजना परिवर्तन गरिरहेको जानकारी गराएको छ।

जर्मन एयरलाइन्स लुफ्थान्साले पनि रोयटर्स समाचार एजेन्सीलाई अर्को सूचना नभएसम्म पाकिस्तानी हवाई क्षेत्रबाट बच्ने जनाएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS