काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २० दशमलव ४८ अंकले घटेर २,५६६ को विन्दुमा कायम भएको छ । आज ३२ कम्पनीको शेयर मूल्य बढेको छ भने २४२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज ३ अर्ब २७ करोड माथिको शेयर कारोबार हुँदा सबैभन्दा धेरै घलेम्दी हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको ८ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ८ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।













