काठमाडौं । शेयर बजार मंगलबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १४.८७ अंकले घटेर २६३४.२३ को विन्दुमा बन्द भएको हो।
घटेको बजारमा नेप्से उपसमूहमा रहेका ३ वटा समूहमात्रै बढेका छन् भने १० वटा घटेका छन्। यो दिन जीवन बीमा समूह सर्वाधिक ०.९५ प्रतिशतले बढ्दा व्यापार समूह सर्वाधिक २.४६ प्रतिशतले घटेको छ।
यो दिन बजारमा ७७ कम्पनीको शेयरभाउ बढ्दा १६८ कम्पनीको घटेको छ। आज एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ९ अर्ब ६३ करोड ४८ लाख रुपैयाँबराबरको कारोबार भएको छ। सर्वाधिक कारोबार युनिभर्सल पावरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- युनिभर्सल पावरः ६७ करोड २० लाख रुपैयाँ
- ङादी ग्रुप पावरः ५२ करोड ९० लाख रुपैयाँ
- नेपाल माइक्रो इन्स्योरेन्सः ५१ करोड २५ लाख रुपैयाँ
- सानिमा माई हाइड्रोपावरः ४७ करोड १४ लाख रुपैयाँ
- राधी विद्युतः ४६ करोड २९ लाख रुपैयाँ
- अरुण भ्याली हाइड्रोपावरः २४ करोड १७ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः २३ करोड ५६ लाख रुपैयाँ
- हिमालयन डिस्टिलरीः २० करोड ९४ लाख रुपैयाँ
- हिमालयन पावर पाटर्नरः २० करोड २ लाख रुपैयाँ
- सिक्लेस हाइड्रोपावरः १९ करोड ६२ लाख रुपैयाँ

















