काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को फागुन महिनासम्ममा जीवन बीमा कम्पनीहरुको ७१ हजार बढी बीमालेख सरेन्डर भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार फागुन महिनासम्ममा ७१ हजार ५५४ वटा बीमालेख समर्पणवापत कुल ९ अर्ब ८७ करोड ६३ लाख रुपैयाँ बीमा कोषबाट बाहिरिएको हो ।
प्राप्त तथ्याङक अनुसार संचालनमा रहेका जीवन बीमा कम्पनीहरुमध्ये समिक्षा अवधिमा एलआइसी नेपालको सरेन्डर सर्वाधिक देखिएको छ । बीमा पोलिसी सरेन्डर हुनु बीमा क्षेत्रको लागि नकारात्मक सूचक हो । पछिल्लो समय बीमा क्षेत्रमा अस्वस्थ प्रतिष्पर्धा, फोर्सफुल्ली बीमा पोलिसी खरिद, प्रलोभन लगायत गतिविधीका कारण बीमा पोलिसी सरेन्डरको दर बढ्दै आएको छ । एलआइसी नेपालको १७ हजार ८८९ वटा पोलिसी बराबर ३ अर्ब ९ करोड ९६ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ३१ दशमलव ३८ प्रतिशत हिस्सा हो ।
त्यस्तै, नेपाल लाइफको १५ हजार ५७२ वटा बीमा पोलिसी वापत २ अर्ब ६३ करोड ७६ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको २६ दशमलव ७१ प्रतिशत हिस्सा रहेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीको १० हजार १४६ वटा बीमा पोलिसी वापत ९२ करोड ११ लाख रुपैयाँ बराबरको पोलिसी समर्पण भएको हो । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ९ दशमलव ३३ प्रतिशत हिस्सा हो ।एशियन लाइफको ५ हजार ८२४ वटा बीमा पोलिसी वापत ६१ करोड १४ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ६ दशमलव १९ प्रतिशत हिस्सा छ । नेशनल लाइफको ४ हजार १६० वटा पोलिसी वापत ६० करोड ६१ लाख रुपैयाँको पोलिसी समर्पण भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमकोे ६ दशमलव १३ प्रतिशत हिस्सा हो ।
सूर्यज्योति लाइफको ३ हजार ९६३ वटा पोलिसी वापत ५३ करोड २१ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ५ दशमलव ३९ प्रतिशत हिस्सा छ । हिमालयन लाइफको ४ हजार ५८४ वटा बीमा पोलिसी वापत ४२ करोड २७ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ४ दशमलव २८ प्रतिशत हिस्सा छ ।
मेट लाइफको २ हजार ३७८ वटा बीमा पोलिसी वापत २७ करोड ९९ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । सिटिजन लाइफको १९ सय ५९ वटा बीमा पोलिसी वापत १८ करोड ४४ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । सानिमा रिलायन्स लाइफको १ हजार २४७ वटा पोलिसी वापत १७ करोड ४५ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो ।
प्रभु महालक्ष्मी लाइफको १ हजार २० वटा बीमा पोलिसी वापत १४ करोड २० लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो । आइएमई लाइफको ११ सय ९० वटा बीमा पोलिसी वापत १३ करोड ५३ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । रिलायबल नेपाल लाइफको १ हजार ९६ वटा बीमा पोलिसी वापत ७ करोड ४४ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । सन नेपाल लाइफको ५२६ वटा बीमा पोलिसी वापत ५ करोड ५५ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो ।