काठमाडौं । आर्थिक वर्ष २०८१ /८२ को जेठ महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले कुल १४ अर्ब ६९ करोड माथि कुल बीमाशुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेकोे तथ्याङक अनुसार संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले ४ लाख ३६ हजार ९७५ वटा बमिा पोलिसी बिक्री गरी १४ अर्ब ६९ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।
यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ४ अर्ब ४३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा १ अर्ब ७० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिमा १ अर्ब ६६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । हिमालयन लाइफले १ अर्ब ४२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
सूर्यज्योति लाइफले ९२ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफले ७२ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सिटिजन लाइफले ६४ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले ५६ करोड ५१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
मेट लाइफले ५५ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । आइएमई लाइफले ५३ करोड ९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ४४ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले ४० करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ३३ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले ३२ करोड ८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

















