IME Life New

जलवायु परिवर्तनको आर्थिक मूल्य र बीमा उद्योगबाट अपेक्षित भूमिका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वन मन्त्रालयले सुझाव संकलनका लागि जैविक विविधता सम्मेलनको सातौं राष्ट्रिय प्रतिवेदनको मस्याैदा सार्वजनिक गरेको छ। प्रतिवेदनको मस्याैदाले जलवायु परिवर्तनका कारण देशले भोग्नुपर्ने आर्थिक लागत र त्यसलाई न्यूनीकरण गर्न बीमा उद्योगले खेल्न सक्ने भूमिकाबारे महत्वपूर्ण संकेत दिएको छ।

प्रतिवेदनमा समेटिएका जलवायू परिवर्तनको राष्ट्रिय अर्थतन्त्रमा पर्ने नोक्सानी र बीमा क्षेत्रका तर्फबाट चाल्न सकिने संभावित कदमबारे यहाँ केही विषयवस्तु समावेश गरिएका छन् ।

Esewa
Crest

जलवायु परिवर्तनको मूल्य

  • प्रतिवेदनले बाढी, पहिरो, सुख्खा र तापक्रम वृद्धि जस्ता प्राकृतिक विपद्‌ले कृषि, जलविद्युत, पर्यटन र पूर्वाधारमा ठूलो आर्थिक क्षति पुर्‍याउने चेतावनी दिएको छ।
  • नेपालले जैविक विविधता र पारिस्थितिक तन्त्रमा हुने क्षतिलाई न्यूनतम पार्न २०३० सम्ममा जलवायु प्रतिरोधात्मक क्षमता बढाउने लक्ष्य राखेको छ।
  • यसले प्रत्यक्ष रूपमा बीमा दाबी र क्षतिपूर्ति बढ्ने सम्भावना देखाउँछ, जसले बीमा उद्योगलाई दीर्घकालीन रणनीति बनाउन बाध्य पार्नेछ।

वित्तीय र नीतिगत संकेत

  • प्रतिवेदनमा प्राकृतिक जोखिम सम्बन्धित वित्तीय खुलासा लागू गर्ने तयारी उल्लेख छ, जसअनुसार वित्तीय क्षेत्रले जैविक विविधता र जलवायु जोखिम खुलासा गर्नुपर्नेछ।
  • यसले बीमा कम्पनीलाई नयाँ नियामक दबाब ल्याउनेछ, जसअनुसार बीमा लेखन, जोखिम मूल्याङ्कन र प्रतिवेदनमा जलवायु जोखिम समावेश गर्नुपर्नेछ।
  • नेपालले वार्षिक २ करोडन अमेरिकी डलर सार्वजनिक स्रोतबाट र १ करोड अमेरिकी डलर निजी क्षेत्रबाट जुटाउने लक्ष्य राखेको छ। यसमा बीमा कम्पनीले हरित वित्तीय उत्पादन र सूचकाङ्कमा आधारित बीमा जस्ता नवीनतम मोडेल ल्याउन सक्ने अवसर देखिन्छ।

सामाजिक आयाम

  • मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनलाई प्राथमिकता दिइएको छ। यसले पशु तथा बाली क्षतिपूर्ति योजनालाई बीमा उत्पादनमा रूपान्तरण गर्ने सम्भावना देखाउँछ।
  • स्थानीय समुदाय र आदिवासी जनजातिलाई जैविक विविधता व्यवस्थापनमा सहभागी गराउने नीति बीमा कम्पनीका लागि सामुदायिक लघु बीमा विस्तार गर्ने अवसर हो।
लक्ष्य (प्रतिवेदन) सम्भावित आर्थिक लागत बीमा क्षेत्रको अपेक्षित भूमिका
जलवायु प्रतिरोधात्मक क्षमता (लक्ष्य १८) बाढी, पहिरो, सुख्खा र तापक्रम वृद्धि कारण कृषि, जलविद्युत, पर्यटनमा अर्बौं रुपैयाँ क्षति कृषि बीमा, जलविद्युत परियोजना बीमा, पूर्वाधार बीमा विस्तार
पारिस्थितिक तन्त्र पुनर्स्थापना (लक्ष्य २ र १४) पारिस्थितिक तन्त्र बिग्रँदा विपद्‌को जोखिम बढ्ने, जसले बीमा दाबी बढाउँछ Ecosystem-based adaptation बीमा उत्पादन, जोखिम न्यूनीकरणमा प्रोत्साहन
प्राकृतिक जोखिमको खुलासा (लक्ष्य ३५) वित्तीय क्षेत्रले जैविक विविधता र जलवायु जोखिम खुलासा नगरेमा नियामक दण्ड बीमा कम्पनीले प्राकृतिक जोखिम अनुरूप जोखिम मूल्याङ्कन र प्रतिवेदन प्रणाली अपनाउने
वित्तीय स्रोत परिचालन (लक्ष्य ३३ र ३६) वार्षिक ३०० मिलियन अमेरिकी डलर जुटाउन नसकेमा परियोजना असफल माैसमी सूचकाङ्क आधारित बीमा (वर्षा सूचकाङ्क, बाली उत्पादन बीमा), हरित वित्तीय उत्पादन
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन (लक्ष्य ७) पशु तथा बाली क्षति, ग्रामीण अर्थतन्त्रमा ठूलो असर बाली तथा पशुपंक्षी बीमा, क्षतिपूर्ति योजनालाई औपचारिक बीमा उत्पादनमा रूपान्तरण
समुदाय सहभागिता (लक्ष्य २४ र २५) स्थानीय समुदायलाई बेवास्ता गर्दा परियोजना असफल सामुदायिक लघु बीमा विस्तार, विश्वास निर्माण

यो मस्याैदा प्रतिवेदनमा समेटिएका विषयवस्तु र लक्ष्यले बीमा कम्पनीहरूले हरित ऋण पत्रमा लगानी बढाउने, जलवायू परिवर्तन र वातावरण प्रदुषणमा योगदान दिने क्षेत्रमा लगानीलाइ निरूत्साहित गर्ने, प्राकृतिक जोखिमको वित्तीय असर सम्बन्धमा वित्तीय प्रतिवेदनमा पूर्ण खुलासा गर्ने, लघु बीमालेखको बिस्तार गर्ने अवसर प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS