काठमाडौं । तारागाउँ रिजेन्सी होटलले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।
होटल सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि आफ्ना लगानीकर्तालाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार होटलले ५ प्रतिशत नगद लाभांश (करबाहेक) वितरण गर्ने निर्णय गरेको छ।
यो लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने होटलले जनाएको छ।

















