IME Life New

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषाणा गरेको छ।

संस्थाको बिहीबार बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १४ करोड ६१ लाख ३८ हजार ५८० रुपैयाँको कुल ५.२६३२ प्रतिशतले हुन आउने ७६ लाख ९१ हजार ५०४.२१ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको छ।

Esewa
Crest

प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने ७३ लाख ६ हजार ९२९ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतले हुन आउने ३ लाख ८४ हजार ५७५.२१ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS