IME Life New

सुशिला कार्की: कानूनी र राजनीतिक रूपमा प्रथम स्थान हासिल गर्न सफल महिला

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । विक्रम संवत २००९ साल जेठ २५ गते मोरङमा जन्मिएकी सुशिला कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधिश हुन् ।

नेपालको इतिहासमा प्रथम महिला प्रधानन्यायाधिशको रूपमा नाम दर्ज गरिसकेकी उनले अब प्रथम महिला प्रधानमन्त्रीको रूपमा समेत आफ्नो नाम दर्ज गरेकी छिन्। उनको प्रधानमन्त्री पदमा नियुक्तिसँगै दक्षिण एशियामा महिला समेत प्रधानमन्त्री भएको देशको रूपमा नेपालको नाम समेत दर्ज गराइ दिएकी छिन्।

Crest

नेपालले गणतान्त्रिक व्यवस्था लागू भएको छोटो समयमै प्रथम महिला राष्ट्रपति, प्रथम महिला प्रधानमन्त्री, प्रथम महिला प्रधानन्यायाधिश पाएको छ। समावेशिताका हिसाबले यो आफैंमा  एउटा गर्वको विषय हो।

हक्की स्वभावकी कार्की एक प्रख्यात कानूनविद् र लेखिका हुन् । उनको दुईथान पुस्तक प्रकाशित छन्।

उनी प्रधानन्यायाधिश पदमा रहँदा सत्तारूढ दलको इच्छाविपरितको आदेश जारी गरेको भन्दै उनीविरूद्ध अविश्वासको प्रस्ताव दर्ज भएको थियो । यद्दपी उनले अनिवार्य अवकाश नहुँदासम्म पदासिन रहन पाइन् ।

बनारस हिन्दू विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेकी उनले २०३६ सालमा कानून व्यवसायीको पेशा शुरू गरिन् । हक्की स्वभावकी कार्कीले २०६४ मा वरिष्ठ अधिवक्ताको उपाधी पाइन्।

२०६८ मा सर्वोच्च अदालतमा तदर्थ न्यायाधीशको रूपमा नियुक्त भएकी उनी अर्को वर्ष स्थायी न्यायाधीश नियुक्त भएकी थिइन् ।

२०७३ असार २७ गते उनले नेपालको सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्त हुँदै नेपालको इतिहासमै पहिलो महिला प्रधानन्यायाधिशको रूपमा इतिहास रचिन्। आफ्नो कार्यकालमा, उनले धेरै ऐतिहासिक मुद्दाहरूको अध्यक्षता गरिन्, जसमा उच्च-पदस्थ सरकारी अधिकारीहरूलाई दोषी ठहराउने मुद्दाहरू पनि समावेश थिए।

प्रधानन्यायाधिश पदमा आसिन रहँदा बेन्चमा उनको समय भ्रष्टाचार विरुद्धको दृढ अडानले भरिएको थियो।

प्रधानन्यायाधिश पदबाट अवकाश पछि पनि उनी बेला बेला भ्रष्टाचारविरूद्धको अभियान र सरकारविरूद्धको खबरदारी सभामा सार्वजनिक मञ्चहरूमा देखा परिरहन्थिन्। उनी पछिल्लो समयमा ‘जेन जी’ को आन्दोलनमा नैतिक समर्थन जनाउनका लागि सडक प्रदर्शनमा समेत सहभागि भएकी थिइन् ।

न्यायीक स्वतन्त्रताप्रतिको उनको प्रतिबद्धता २०७४ बैशाख १७ गते तत्कालीन माओवादी नेतृत्वको सरकारले उनीविरूद्ध अविश्वासको प्रस्ताव संसदमा दर्ता गर्यो। यद्दपी  सार्वजनिक दबाब र सर्वोच्च अदालतको रोक आदेश पछि यो अविश्वासको प्रस्ताव फिर्ता लिन बाध्य भएको थियो।

उनले राजनीतिक विकृती र भ्रष्टाचारविरूद्ध महत्वपूर्ण फैसलाहरू गर्दै २०७४ जेठ २३ मा अनिवार्य अवकाशसँगै सर्वोच्चबाट बाहिरिइन् ।

भदाै २३ र २४ गते तन्नेरी पुस्ताले नेतृत्व गरेको ‘जेन जी’ आन्दोलनको रापमा भएको सहमतिबाट ७३ वर्षिया सुशिला कार्कीलाई भदाै २८ गते नेपालको अन्तरिम प्रधानमन्त्रीको रूपमा नेतृत्व गर्न मनोनित गरिएको छ।

उनले ६ महिनाभित्र संसदीय निर्वाचन गरिसक्ने जिम्मेवारी पाएकी छिन्। यसबाहेक उनले प्रतिनिधित्व गरेकी तन्नेरी पुस्ताको माग बमोजिम भ्रष्टाचारविरूद्धको छानबिनलाई निर्णायक बनाउने र ‘जेन जी’ को आन्दोलनमा भएको दमनको छानबिन गरी दोषी विरूद्ध कारवाही गर्ने जिम्मेवारी उनलाई जे जी आन्दोलनले दिएको छ।

महिला प्रधानमन्त्री भएको दक्षिण एशियाको पाँचाैं देशः

भारत, श्रीलंका, पाकिस्तान र बंगलादेश पछि दक्षिण एशियाली राष्ट्रका रूपमा नेपाल पनि महिला प्रधानमन्त्री भएको मुलुकको सूचीमा दर्ज भएको छ। २०८२ साल भदाै २८ गते शुक्रबारको दिन पूर्वप्रधानन्यायाधिश सुशिला कार्कीको प्रधानमन्त्री नियुक्त भएसँगै नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा दर्ज भएकी छिन्।

भारतमा इन्दिरा गान्धी, श्रीलंकामा सिरिमाभो बन्दरानायके, पाकिस्तानमा बेनाजिर भुट्टो, बंगलादेशमा शेष हसिना प्रधानमन्त्री वा राष्ट्र प्रमुख रही सकेका छन्।

उनी नेपालको न्यायसेवाबाट सर्वोच्च कार्यकारी पदमा मनोनित हुने दोश्रो व्यक्ति हुन् । यसअघि खिलराज रेग्मी प्रधानन्यायाधिश पदमा रहँदै कार्यकारी अध्यक्ष अर्थात प्रधानमन्त्री पदमा मनोनित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS