IME Life New

सुप्रिम सहकारी प्रकरण: रवि लामिछाने कारागार चलान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सोमबार भैरहवा कारागार चलान गरिएको छ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सुप्रिम सहकारी प्रकरणमा सभापति लामिछानेलाई थुनामा राख्न आदेश दिएको थियो। सोही आदेशबमोजिम अदालती प्रक्रिया पूरा गरेर लामिछानेलाई भैरहवा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
रुपन्देही प्रहरीका अनुसार अब अर्को आदेश नआउन्जेलसम्म लामिछानेलाई कारागारमा राखिनेछ।

Esewa
Crest

बुटवल अदालतको आदेशपछि प्रहरीले लामिछानेलाई गत शुक्रबार राति काठमाडौंबाट पक्राउ गरेको थियो। उनलाई शनिबार बिहान भैरहवा पुर्याइएको थियो। दुई दिन बिदा परेकोले आज प्रहरीले अदालती प्रक्रिया पूरा गरी लामिछानेलाई कारागार चलान गरेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS