काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पौने ४ करोड बढी कित्ताको लकइन अवधि सकिन लागेको छ।
कम्पनीले आज एक सूचना जारी गर्दै ३ करोड ७७ लाख ७२ हजार २४ कित्ता शेयरको लकइन अवधि आउँदो भदौ १४ गते सकिने जानकारी गराएको छ। हाल लकइनमा संस्थापकको ३ करोड ६९ लाख ७९ हजार ५५५ कित्ता र कर्मचारीको ७ लाख ९२ हजार ४६९ कित्ता रहेको छ। यो शेयर बोनस र हकप्रदसहितको हो।
कुनै पनि कम्पनीको आइपीओ बाँडफाँटको मितिले संस्थापक र कर्मचारीको शेयर ३ वर्षसम्म लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।
लकइन अवधि सकिए पनि कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको हकमा भने शेयर रोक्का रहनेछ।












