IME Life New
GBIME

लुलाई समेत विपद व्यवस्थापन योजनामा समावेश गर्न भारत सरकारलाई सुझाव

SPIL
Global College
Nepal Life

काठमाडौं । भारतमा संसदीय समितिले केन्द्र सरकारलाई विपद् व्यवस्थापन योजनामा तातो हावा(लु) जस्ता “नयाँ र उदयीमान” विपद्हरू समेत समावेश गर्न सुझाव दिएको छ।

गृह मन्त्रालयसँग सम्बन्धित संसदीय स्थायी समितिले गत हप्ता राज्यसभामा पेश गरिएको प्रतिवेदनमा विपद्हरूको आधिकारिक सूची नियमित रूपमा समीक्षा र अद्यावधिक गर्न प्रणाली स्थापना गर्न पनि सिफारिस गरेको हो।

Crest

“समितिले सिफारिस गर्दछ कि मन्त्रालयले गर्मीको लहरबाट हुने जस्ता विपद् व्यवस्थापन योजनाहरूमा नयाँ र उदयीमान विपद्हरू समावेश गर्न सक्छ। यसले विज्ञहरू, सरोकारवालाहरू र प्रभावित समुदायहरूसँग परामर्श मार्फत ऐन सान्दर्भिक र उदयीमान विपद् जोखिमहरूप्रति उत्तरदायी रहन सुनिश्चित गर्न अधिसूचित विपद्हरूको सूचीको आवधिक समीक्षा र अद्यावधिकको लागि औपचारिक संयन्त्र स्थापना गर्न पनि सिफारिस गर्दछ,” प्रतिवेदनमा भनिएको छ।

भाजपाका राज्यसभा सांसद राधा मोहन दास अग्रवालको नेतृत्वमा रहेको ३१ सदस्यीय समितिले जलवायू परिवर्तन र विपद्हरूको बढ्दो आवृत्तिलाई ध्यानमा राख्दै दीर्घकालीन विपद् तयारीको लागि अध्ययन र योजना बनाउन मन्त्रालयलाई आग्रह गरेको एशियनइन्स्योरेन्स पोष्टले उल्लेख गरेको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS