IME Life New

कहिले भाँडा माझे, कहिले वेटर बने, अहिले विश्वकै दसौँ धनीव्यक्ति

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । जेन्सेन हुआङ । यो नामलाई आज कुनै परिचयको आवश्यकता छैन। यो व्यक्ति बहुराष्ट्रिय प्रविधि कम्पनी एनभिडियाका सीईओ हुन् र बुधबार यो कम्पनीले नयाँ रेकर्ड बनायो।

एनभिडियाले एप्पल र माइक्रोसफ्टलाई पछाडि पारेर इतिहास रचेको छ र विश्वको पहिलो ४ ट्रिलियन डलरको मूल्यवान कम्पनी बनेको छ। कम्पनीको यो सफलता यसकारण पनि विशेष बन्छ किनभने यसका सीईओ हुआङले कडा परिश्रम र संघर्षपछि यसलाई ठूलो उचाइमा पुर्याएका छन्।

Crest

जेन्सेन हुआङको सफलताको कथा पनि धेरै रोचक छ। यो तथ्यबाट अनुमान गर्न सकिन्छ कि उनले आफ्नो सुरुआती दिनहरुमा ‘वेटर’ का रुपमा पनि काम गरेका थिए र रेस्टुरेन्टमा भाँडा माझ्ने पनि गरेका थिए।

४ ट्रिलियन डलरको कम्पनी, १४० अर्ब डलरको कुल सम्पत्ति

भनिन्छ कि कडा परिश्रम र जोशले कुनै पनि लक्ष्य हासिल गर्न सकिन्छ। यसको एउटा ठूलो उदाहरण एनभिडियाका सीईओ जेन्सेन हुआङ हुन्। जो विश्वका शीर्ष अर्बपतिहरुमध्ये पर्छन्। ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार उनी शीर्ष १० अर्बपतिहरुको सूचीमा समावेश छन्। उनको सम्पत्ति १४० अर्ब डलर छ र उनी विश्वका १० औँ धनी व्यक्ति हुन्। यतिमात्र होइन उनको निर्माता कम्पनी एनभिडियाको शेयरमा लगभग ३ प्रतिशतको वृद्धिका कारण यसको बजार मूल्य ४ ट्रिलियन डलर पुगेको छ। यो तथ्यांकसँगै एनभिडियाले एप्पल–माइक्रोसफ्टलाई पनि उछिनेको छ र यो मूल्यको पहिलो सार्वजनिक फर्मको उपाधि जितेको छ।

दुई वर्षमा १ ट्रिलियनबाट ४ ट्रिलियन डलरको यात्रा

यसअघि एप्पलले वर्षको सुरुआत लगभग ३.९ ट्रिलियन डलरका साथ सबैभन्दा मूल्यवान कम्पनीको रुपमा गरेको थियो। हालै ट्यारिफ चुनौतीका कारण पछि परेको थियो। बजार पुँजीकरण अहिले ३.७५ ट्रिलियन डलर रहेको माइक्रोसफ्ट एनभिडियाभन्दा पछाडि परेको छ। एनभिडियाले पछिल्लो २ वर्षमा ठूलो वृद्धि हासिल गरेको छ र यो तथ्यबाट अनुमान गर्न सकिन्छ कि यसको बजार मूल्य जुन २०२३ मा पहिलोपटक ४ ट्रिलियन डलर पुगेको छ।

सीईओ हुआङको कथा धेरै रोचक छ

४ ट्रिलियन डलरको पहिलो कम्पनी बनेर इतिहास रच्ने एनभिडियाका सीईओ हुआङको कथा र अनुभव उनको कम्पनीको प्रदर्शन जत्तिकै रोचक छ। वास्तवमा यस अमेरिकी चिप निर्माण प्रविधि कम्पनीका सीईओ जेन्सेन हुआङको लिंक्डइन प्रोफाइलअनुसार ताइवानमा जन्मेका हुआङले आफ्नो करिअरमा सन् १९८० को दशकको सुरुमा ओरेगनको डेनीमा डिशवाशर, वेटर र बस ब्वायका रुपमा पनि काम गरेका थिए।

रिपोर्टका अनुसार स्नातक पूरा गरेपछि हुआङले एलएआई लजिकमा कोरवेयर निर्देशक र एड्भान्स माइक्रो डिभाइस (एएमडी)मा माइक्रोप्रोसेसर डिजाइनरका रुपमा पनि काम गरे।

बुवाको शिक्षा काममा आयो

जेन्सेन हुआङका अनुसार उनका आमा–बाबु धनी नहुन सक्छन् तर उनीहरुले उनलाई सधैँ कडा परिश्रम गर्न सिकाउँथे । ‘म बाथरुम सफा गर्थें तर अब म एउटा ठूलो कम्पनीको सीईओ हुँ’, उनले भने। डेनीमा भाँडा माझ्ने काम गर्दा हुआङलाई एनभिडिया सुरु गर्ने विचार आयो। त्यसपछि, ३० वर्षको उमेरमा। उनले एनभिडियाका सह–संस्थापकहरु क्रिस मालाचोव्स्की र कर्टिस प्रिमसँग मिलेर कम्पनी सुरु गरे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS