काठमाडौं । तीन लघु जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८१/ ८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरिसकेका छन् । कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा यस समीक्षा वर्षमा खुद बीमाशुल्क ५७५ प्रतिशतले बढेको छ ।
यस समीक्षा वर्षमा कम्पनीहरुले कुल १ अर्ब १ करोड ३ लाख २२ हजार खुद बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीहरुले १४ करोड ९७ लाख ४८ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेका थिए ।
यस समीक्षा वर्षमा सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफले खुद बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस समीक्षा वर्षमा ३९ करोड ९५ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । कम्पनीले अघिल्लो वर्षको यसै अवधिमा ३ करोड ६९ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क ९८० प्रतिशतले बढेको हो ।
त्यस्तै, क्रेष्ट माइक्रो लाइफले यस समीक्षा वर्षमा ३३ करोड ९२ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । कम्पनीले अघिल्लो वर्षको यसै अवधिमा ८ करोड ४२ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क ३०२ प्रतिशतले बढेको हो ।
लिबर्टी माइक्रो लाइफले यस समीक्षा वर्षमा २७ करोड १४ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । कम्पनीले अघिल्लो वर्षको यसै अवधिमा २ करोड ८४ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क ८५३ प्रतिशतले बढेको हो ।


















