काठमाडौं । सिक्लेस हाइड्रोपावरले आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी १३.३७५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १२.७०६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.६६९ प्रतिशतले हुन आउने नगद लाभांश छन्।
बैठकले प्रस्तावित लाभांश स्वीकृतिका लागि विद्युत नियमन आयोगमा पेस गर्ने निर्णय पनि गरेको छ। आयोगको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट लाभांश अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।












