IME Life New

आईपीओको तयारीमा रहेको श्री एयरलाइन्सले पायो ‘त्रिपल बी माइनस’ क्रेडिट रेटिङ

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । रेटिङ एजेन्सी, इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेड (इन्फोमेरिक्स नेपाल) ले  वायू सेवा प्रदायक श्री एयरलाइन्स लिमिटेड (एसएएल) लाई प्रस्तावित प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि आईआरएन त्रिपल बी माइन इस्युअर रेटिङ प्रदान गरेको छ।

यो रेटिङले कम्पनीको स्थिर बजार स्थिति, विविध आय स्रोत र बढ्दो लाभांशलाई प्रतिबिम्बित गर्दछ। रेटिङ एजेन्सीले कम्पनीको ऋण संरचना र इन्धन मूल्यको अस्थिरताले चुनौतीहरू पनि रहेको उल्लेख गरेको छ।

Crest

नेपाल धितो पत्र बोर्डको नियमावलीको प्रावधान बमोजिम कुनै पनि कम्पनीले सर्वसाधारणमा शेयर निष्काशन गर्नुपूर्व अनिवार्यरूपमा रेटिङ गराउनुपर्छ। सर्वसाधारणले आईपीओमा लगानी गर्ने वा नगर्ने निर्णय लिनका लागि रेटिङले आधार प्रदान गर्छ। यद्दपी नेपालको वित्तीय बजारमा फर्जी वित्तीय प्रतिवेदन वा अधिक रङरोगन गरिएको वित्तीय प्रतिवेदनका माध्यमबाट रेटिङ मूल्याङ्कनलाई प्रभावित पार्ने र सर्वसाधारणलाई ठगी गर्ने काम हुने गरेको पटक पटक पुष्टी हुँदै आएको छ।

इन्फोमेरिक्स नेपालले श्री एयरलाइन्सको वित्तीय क्षमताको मूल्याङ्कनका आधारमा गरेको रेटिङ(स्तरिकरण) पछि जारी प्रेस विज्ञप्तीमा एयरलाइन्सको सबल र दुर्बल पक्षबारे उल्लेखित जानकारीहरू यहाँ संक्षेपमा समेटिएको छ।

 श्री एयरलाइन्सको रेटिङ प्रमुख कारकहरूः

१. स्थिर बजार स्थिति: श्री एयरलाइन्स बजार हिस्साका आधारमा नेपालको तेस्रो ठूलो वायू सेवा प्रदायक हो।यसले गत आर्थिक वर्ष २०८०।८१ को मसान्तसम्ममा घरेलु वायू सेवा कारोबारको १६ प्रतिशत हिस्सा ओगटेको छ।
२. पर्याप्त विमानः श्री एयरलाइन्ससँग कुल १८ वटा विमान (१० जहाज, ८ हेलिकप्टर) छन् । पछिल्लो समयमा यसले काठमाडाैंबाट  पोखरा र सुर्खेत जस्ता नयाँ मार्गहरूमा सेवा शुरू
गरेसँगै यसको आम्दानी बढ्ने अपेक्षा गरिएको छ। श्री एयरलाइन्सका जहाजहरू छोटो दूरी भन्दा पनि लामो दूरीको उडानका लागि उपयुक्त मानिन्छन् ।
२. आय र मार्जिन वृद्धि: नयाँ क्यू-४०० विमान थपिएपछि, कम्पनीको आय चालू आर्थिक वर्षको पहिलो अर्द्ध वार्षिक अवधिमा २७ प्रतिशतले बढेर २.५७ अर्ब रूपैयाँ पुगेको छ। यो
अवधिमा सञ्चालन मार्जिन ३४ प्रतिशत सम्म पुगेको छ।
३. अनुभवी प्रबन्धन: कार्यकारी अध्यक्ष सुधीर मित्तलको नेतृत्वमा, कम्पनीले फिक्स्ड-विंग र हेलिकप्टर दुबै क्षेत्रमा विविधीकरण गरेको छ।
४. विदेशी मुद्रा जोखिम न्यून: एयरलाइन्ससँग विदेशी मुद्रामा लिइएको ऋणको भार न्यून भएकोले मुद्राको विनिमय दरमा हुने उतारचढावबाट सुरक्षित छ।

चुनौतीहरूः

१. उच्च ऋण स्तर: नयाँ विमान खरिदका लागि ३ अर्ब नेपाली रुपैयाँ लगानी गरेपछि, कम्पनीको ऋण अनुपात ३.२४ गुणा पुगेको छ।
२. अधिक निर्भरता: १० वटा ठूला जहाजका बावजुद यसको आम्दानीको ठूलो हिस्सा दुई हवाइ मार्गहरू (काठमाडौं-नेपालगञ्ज, काठमाडौं-धनगढी) बाट निर्भर छ। रेटिङ एजेन्सीका अनुसार यी दुबै रूटबाट हुने आम्दानीले कुल आम्दानीको ५९ प्रतिशत हिस्सा ओगटेको छ। यी मध्ये कुनै पनि रूटमा उडान ठप्प भइ दिएको अवस्थामा कम्पनीको वित्तीय स्वास्थ्य तत्कालै बिग्रिन सक्ने जोखिम रहेको छ।
३. इन्धन मूल्य अस्थिरता: इन्धन खर्च ५३ प्रतिशत पुगेकोले कच्चा तेलको मूल्यले यसको नाफालाइ प्रभावित गर्न सक्छ।
४. नियामक चुनौती: नागरिक उड्डयन प्राधिकरणको नियमहरू र ९ अन्य प्रतिस्पर्धी घरेलु वायू सेवा प्रदायकहरूको उपस्थिति र प्रतिस्पर्धाले दबाब बढाएका छन्।

सन् १९९९ मा स्थापित, यो वायू सेवा कम्पनीले, हेलिकप्टर उडानबाट सेवा शुरू गरेको हो। जुलाई २०२३ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएपछि यसले  आईपीओ निष्काशन गर्ने योजना बनाएको छ। यसको प्रमुख प्रवर्द्धक व्यापारी सुधीर मित्तल हुन् । उनको नाममा यो कम्पनीमा ९९.८९ प्रतिशत शेयर स्वामित्व रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS