काठमाडौं । आज असोज १५ गतेसम्म शेयर किन्नेले सिद्धार्थ बैंकको प्रस्तावित लाभांश पाउनेछन् । बैंकले लाभांश र सभा प्रयोजनका लागि भोलि असोज १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज असोज १५ गतेसम्म कायम शेयरधनीहरुमात्रै लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।
बैंकले गत आर्थिक वर्ष २०८२।८३ का लागि हाल कायम चुक्तापुँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार १९५ रुपैयाँको कुल २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा १० प्रतिशतले हुन आउने १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँबराबरको बोनस शेयर र १० प्रतिशतले हुन आउने १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँबराबरको नगद लाभांश (करसहित) छन्।












