IME Life New
GBIME

१२ अंकले घटेको बजारमा १७५ कम्पनीको शेयर भाउमा गिरावट

SPIL
Global College
Nepal Life

काठमाडौं । आज साताको अन्तिम कारोबार दिन पनि शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १२ दशलमव ३८ अंकले घटेर २,६६९ को विन्दुमा कायम भएको छ । आज ६२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१२ कम्पनीको ९५ करोड ९९ लाख ३४३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २३ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिन्धु विकास बैंकको १६ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै दोल्ती पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशलमव ५३ प्रतिशतका दरले कमाएका हुन् । एशियन हाइड्रोपावरका लगानकिर्ताले ५ दशलमव ४९ प्रतिशतका दरले कमाएका हुन् । सिन्धु विकास बैंकका लगानीकर्ताले ४ दशलमव ९७ प्रतिशतका दरले कमाएका छन् । गार्डियन माइक्रो लाइफका लगानकिर्ताले ४ दशलमव ४३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मिथिला लघुवित्त वित्तीय संस्था र भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS